१० वर्षीय बालिका माथि जबर्जस्ती करणी गरेकोमा एक व्यक्ति पक्राउ

१७ साउन , तेह्रथुम आठराई गाउँपालिका-२, खाम्लालुङका ५४ वर्षीय चक्रबहादुर लिम्बूलाई दश वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

वस्तुभाउ लिएर गोठाला गएकी बालिकालाई लिम्बूले साउन ५ गते नै करणी गरेर डराई धम्क्याई गरेका थिए। बालिका लिम्बुको डरले कसैको अगाडी पनि मुख खोलेकी थिइनन् र यहि मौकाको फाइदा उठाई लिम्बुले साउन ११ गतेसम्म बलालिका लाई करणी गरिनै रहे । प्रहरीले उनलाई साउन १३ गते पक्राउ गरी हिरासतमा लिई अनुसन्धान थालेको विभिन्न स्रोतले जनाएको छ ।

एउटा दश वर्षीय बालिका माथि यत्रो अन्याय हुदा पनि यो घटनालाई गाउँमै मिलाउन प्रायस भइरहेको थाहा पाएर सो स्थानको स्थानीय अधिकारकर्मीले यो घटनाका सबै जानकारी प्रहरीलाई दिएका थिए ।

संक्रान्तिबजार इलाका प्रहरी कार्यालयको रोहबरमा बालिकाको स्वास्थ्य परीक्षण गराई साउन १४ गतेका दिन मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बासुदेव यादवले जानकारी दिएका छन् ।