कैलालीमा हायसको ठक्करबाट साइकल यात्रुको मृत्यु

१७ साउन, आज बिहान कैलालीमा हायसले ठक्कर दिदा एक जना साइलक यात्रुको मृत्यु भएको छ ।

नगरपालिका–९ खुमरियाका ६५ वर्षीय पञ्चराम चौधरीको हायासको ठक्करबाट मृत्यु भएको हो ।

चौधरीको बाटो काट्ने क्रममा यो घटना भएको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत नेपालगन्जबाट धनगढीतर्फ जाँदै गरेको भे१ज ६३५ नंको हायसले ठक्कर दिँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक वलीले जानकारी दिएका छन् ।

हायास भित्र रहेका सात जना यात्रुलाइ भने समान्य चोट लागेको र टीकापुरस्थित रत्न अस्पतालमा उपचार भइरहेको स्रोतले जनाएको छ । गाडी चालक र गाडी भने प्रहरीको नियन्त्रणमा छ र यस घटना प्रति थप अनुसन्धान थालिएको छ ।