१ हजार सीसी माथिका कार र १ सय ५० सीसीभन्दा बढी इन्जिन क्षमताका मोटरसाइकलको मुल्य बढ़ने

सरकारले सवारीसाधनको अन्तःशुल्क इन्जिन क्षमताअनुसार निर्धारण गरेपछि महँगाा सवारीसाधनको मूल्य चालू आर्थिक वर्षदेखि लागू हुने गरी उल्लेख्य रुपमा वृद्धि भएको छ ।

२ हजारदेखि ४ लाख रुपैयाँसम्म दुईपाङ्ग्रे सवारीमा वृद्धि भएको छ । भने ५० लाख रुपैयाँसम्म चारपाङ्ग्रे सवारीमा बढेको देखिन्छ । कारोबार दैनिकले समाचार छापेको छ ।

चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीमा इन्जिन क्षमताका आधारमा ५ प्रतिशत विन्दुदेखि ४० प्रतिशत विन्दुसम्म अन्तःशुल्क बजेटमार्फत बढाइएको थियो ।

बजेटमार्फत १ हजार सीसी इन्जिन क्षमताभन्दा माथिका कार र १ सय ५० सीसीभन्दा बढी इन्जिन क्षमताका मोटरसाइकलको अन्तःशुल्क वृद्धि गरिएको हो ।

सवारीसाधनको मूल्य बढ्नुमा यो बर्षको बजेटमार्फत गरिएको अन्तःशुल्क र सडक मर्मत दस्तुर वृद्धि हुनु भएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका महासचिव सुनील रिजालको भनाइ छ ।