कांग्रेस सभापति देउवाले आफ्नो गाडीमा पैसा नतिरी तेल हाल्ने गरेको खुलासा : गाडी देख्ने वित्तिकै भाग्छन् पेट्रोलपम्पका कर्मचारी

पैसा नै नतिरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीको पम्पबाट तेल हाल्ने गरेको खुलासा भएको छ  ।

अहिले देउवाले पठाएको उक्त गाडी देख्ने वित्तिकै प्रहरी प्रधान कार्यालय, नक्सालको कल्याणकारी पेट्रोलपम्पमा काम गर्ने कर्मचारी दायाँबाँया लाग्ने गरेका छन । उनीहरु दाँयाबाँया हुनुको कारण अरु केहि नभएर ,त्यो गाडी आयो कि फुल ट्यांकी तेल हालिदिनुपर्छ । पैसा पाइन्न । जसले हालिदियो उसैको तलबबाट काटिन्छ या हिसाब मिलान गर्नुपर्ने हुन्छ ।

विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७० को परिच्छेद ४ को विधान अन्तर्गत १३ नं. मा भनिएको छ, ‘सुरक्षाकर्मी खटाउँदा लाग्ने तोकिए बमोजिमको खर्च र त्यस्तो सुरक्षाकर्मीको बसोबासको व्यवस्था सुरक्षा माग गर्ने व्यक्तिले नै व्यहोर्नु पर्नेछ ।’ तर, उनकै नेता सुशील कोइराला प्रधानमन्त्री छँदा सांसदको हैसियतले उनले समेत उपस्थितिमा तत्कालिन व्यवस्थापिका संसदबाट पारित यही ऐनको खिलाफमा छन, देउवा । यो समचार जनआस्थाले लेखेको छ ।