‘सारेगमप’ मा प्रितमको चमत्कार, जज नै भए कायल – भिडियो हेर्नुहोस्

तपाईले प्रितमले भारतिय टेलिभिजनमा गाएको हेर्नु भएको छ कि छैन ?

चर्चित भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका बालक प्रितम आचार्यले आज पनि आफनो धमाकेदार प्रस्तुती दिएका छन् । पछिल्लो समय लगातार चार्ट बस्टर पफर्मेन्स दिईरहेका प्रितमले आज पनि उत्कृष्ट प्रस्तुती दिँदै जुरीबाट सय प्रतिशत नम्बर ल्याएका छन् ।

उनले आज ‘दिवाना’ फिल्ममा समाबेश कुमार सानुले गाएको गीत “सोचेङगे तुम्हे प्यार” गीत गाएका थिए । उनले सो गीत यति कर्णप्रिय तरिकाले गाए की जज तथा जुरीबाट उनले स्ट्याण्टिङ ओभिएसन नै दिए । आज अतिथी बनेर आएका चर्चित संगितकार हिमेश रेशमियाले प्रितमको खुलेर प्रशंसा गरे ।

उनले कुमार सानुको गीतमा उदितको छबी दिँदै गाएको अहिलेसम्मै नदेखेको भन्दै प्रितमको प्रशंसाको पुल नै बाधे । जज ऋचा शर्माले पनि प्रितमले अझै आफनो चमत्कार देखाउन बाँकी नै रहेको बताए ।

अन्य जज सान र अमाल मल्लिकले पनि प्रितमको गायिकीको प्रशंसा गरे । पछिल्लो समय शोमा प्रितमको प्रस्तुती झनै निखारिदै आएको छ । जसले नेपालीसंगै भारतीयहरुको समेत मन जित्दै आएका छन् । इटहरीका ११ बर्षका यी बालकले नेपाल र नेपालीहरुको प्रतिनिधित्व गरिरहेका छन् ।

उनले बिदेशी भुमिमा देशकै नाम चम्काईरहदा हरेक नेपालीहरुले उनीप्रति गर्व महसुस गरिरहेका छन् । यस अगाडी नेपालका विभिन्न गायक गायीका तथा डान्सरहरु भारत गएर आफ्नो कला देखाइसकेका छन् ।

प्रितम सानै छन् । उनले पाएको यो उपलब्धी वास्तवमै तारिफ योग्य छ । उनी उपाधि लिएर वा नलिइकन फर्किए पनि उनले निकै राम्रो सुरुवात भने गरिसकेका छन् ।

यो प्रोफाइलमा गएर भिडियो हेर्नुहोस्

प्रितमको भिडियो हेरिसक्नु भयो भने तपाईको जानकारीका लागि

खाना खादा गरिने गल्तिहरु जसले स्वास्थ्यमा असर गरिरहेको हुन्छ

कतिपय सामान्य आनीबानीले पनि हाम्रो स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको हुन्छ । जस्तो कि, खाना खाने शैली, नुहाउने तरिका, हिँड्ने, सुत्ने, बस्ने ।

सामान्यतः के भनिन्छ भने स्वस्थ्य जीवनको लागि स्वस्थ्य दिनचर्या पालना गर्नुपर्छ । यसमा कस्तो खाने भन्ने मात्र होइन, कसरी खाने भन्ने कुराले समेत अर्थ राख्छ । कहाँ हिँड्ने भन्ने कुरा मात्र होइन, कसरी हिँड्ने भनने कुराले अर्थ राख्छ । कतिबेला सुत्ने भन्ने कुरा मात्र होइन, कसरी सुत्ने भन्ने कुराले पनि अर्थ राख्छ ।

स्वस्थ्य दिनचर्याका लागि उचित आहार, बिहार र बिचार महत्वपूर्ण हुन्छ । यससँगै खाने तरिका, सुत्ने तरिका, बस्ने तरिका पनि सहि हुनुपर्छ ।

खाना खादा के गर्नु हुन्छ र के गर्नु हुदैन ?

१.खाना खाँदा बोल्नु हुँदैन । जुत्ता चप्पल लगाएर, उठेर, नराम्रा कुराहरु हेर्दै र सुन्दै खाना खानु हुँदैन ।

२.दक्षिण दिशातर्फ फर्केर खाना खान हिन्दुधर्म ग्रन्थहरुमा निषेध गरिएको छ । दक्षिण दिशातिर फर्केर खाएको खानाले शरीर र स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरु दिने गर्दछन् । त्यसकारण सकेसम्म खाना खाँदा पूर्व वा उत्तरतिर फर्केर नै खानुपर्छ । पश्चिमतिर फर्केर खानुलाई पनि ठिकै मानिएको छ ।

३.आयुर्वेदमा खाना खानु भन्दा ठीक अघि पछि र खाना खाने समयमा पानी खानु हुँदैन भनेको छ । खाना खाँदा पानी पिएमा त्यसले विषको काम गर्छ भन्ने मान्यता छ । यस कुरालाई भौतिक विज्ञानले पनि स्वीकारेको छ ।

४.खाना खाइसकेपछि बज्र आसनमा बस्नाले खाएको कुराहरु पच्दछ । खाना खाएपछि १०० पाइला हिँड्नाले शरीरलाई अनावश्यक मोटो हुन दिँदैन भन्ने कुरा आयुर्वेदमा भनिएको छ ।

५.खाने बित्तिकै सुत्यो भने अनेक प्रकारका रोगहरु लाग्छन् । मोहीले पाचन क्रियालाई मजबुत बनाउने भएकाले खाना खाएपछि मोही खानु उत्तम हुन्छ । खानेबित्तिकै ध्यान गर्न, व्यायाम गर्न, शरीरमा तेल लगाउन हँुदैन ।

६.चुठेपछि चिसो हातले आँखामा स्पर्श गर्नाले आँखा तेजिलो हुन्छ भन्ने शास्त्रीय मान्यता छ । खाना सकेसम्म चरेशको थालमा खानु उत्तम हुन्छ ।

७.आफूले नसक्ने खाना जुठो लगाएर फाल्नु हुँदैन, यसो गर्नाले घरमा दरिद्रता लाग्दछ भनिन्छ । नरुच्ने र नपच्ने खाना खानु हुँदैन । महर्षि चरकले दीर्घ जीवनको लागि कम खाना खानु भनेका छन् ।

८.यज्ञवल्क्यका अनुसार पेटको पाँच भागमध्ये तीन भाग अन्न, एक भाग पानीले भर्नुपर्छ भने एक भाग हावाको लागि खाली नै राख्नुपर्छ । यसरी भोजन गर्ने मानिस पेटका रोगहरुबाट पीडित हुनुपर्दैन र उसले स्वस्थ र शान्तसँग आफ्नो जीवनयापन गर्न सक्दछ भन्ने शास्त्रीय मान्यता छ ।

खाना खानसाथ हिँड्नु ठिक कि बेठिक ?

खाना खानसाथ तुरुन्तै हिँड्नु सहि हुँदैन । किनभने यसले रक्त संचारमा प्रभाव पार्छ । यस्तोमा पाचन प्रक्रिया पनि सहि हुँदैन । खाना खाएको आधा घण्टापछि मात्र टहल्नु राम्रो हो ।

खाना खाए लगत्तै चिया पिउनु ठिक कि बेठिक ?

खाना खाएको दुई घण्टाबीचमा चिया पिउनु हुँदैन । किनभने चियाको पातमा एसिडिक तत्व हुन्छ । त्यसैले खाना खाए लगत्तै चिया पिउँदा प्रोटिनको डाइजेशन सहि ढंगले हुन पाउँदैन ।

खाना खानसाथ फलफूल सेवन गर्नु ठिक कि बेठिक ?

खाना खाएको एक घन्टापछि मात्र फलफूल सेवन गर्न सकिन्छ । खाना खाए लगत्तै फलफूल सेवन गर्दा त्यो पचाउन गाह्रो हुन्छ । त्यसको न्यूटि्रशन शरीरले ग्रहण गर्दैन । फलतः एसिडिटी वा डाइसेसनको समस्या हुनसक्छ ।

के गर्ने सकिन्छ खाना खाये लगत्तै ?

खाना खानसाथ चिया, कफी, पानी पिउनु पनि ठीक हुँदैन । यद्यपी खाना खानुअघि र खाना खाए लगत्तै थोरै पानी पिउनु राम्रो हो, जसले पचाउन मद्दत गर्छ । खाना खाइसकेपछि सुत्नु वा सुत्ने पोजिसनमा बस्नु पनि पाचन यन्त्रको लागि अनुकुल हुँदैन । खानालाई राम्ररी पचाउनका लागि खाना खाए लगत्तै बज्रासनमा बस्नुपर्छ । कम्तिमा पाँच मिनेट यो आसनमा बस्नु राम्रो मानिन्छ ।

केहि टिप्स हरु

घ्यू–तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम प्रयोग गर्नु उचित हुन्छ ।

खाना पकाउन शुद्ध तोरीको तेल सबैभन्दा उत्तम हुन्छ ।

नून दैनिक ३ देखि ५ ग्रामभन्दा बढी प्रयोग गर्नुहुँदैन । नून थपेर खाने बानी छोड्नुपर्छ ।

बिहान–बेलुकीको खानामा हरियो सागले फाइदा गर्छ ।

दैनिक कम्तीमा एकपल्ट फलफूल खानुपर्छ ।

बेलुकीको खानामा २–३ वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ ।

बेलुकीको खाना ८ बजेभित्र खाइसक्नुपर्छ ।

बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ ।

खानाको मात्रा सबैका लागि एकैनास हुँदैन । शारीरिक श्रम बढी गर्नेले धेरै र कम गर्नेले थोरै खानुपर्छ । काम कम माम धेरै गर्नुहुँदैन ।

बेलुकीको खाना खाएपछि कम्तीमा दुई घण्टापछि मात्र सुत्नुपर्छ ।

शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ । तर नियन्त्रित रूपमा माछा मासु खाएमा हानि हुँदैन । खसी, राँगो, बंगुरको मासुले कोलेस्टेरोल धेरै बढाउँछ ।

माछा र कुखुराको मासुले कम बढाउँछ । चिल्लो नराखी माछा र कुखुराको मासु पकाउने तरिका सिक्नुपर्छ । यस्तो खानाले हानि गर्दैन । माछामासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुकी माछा मासु नखानु नै उत्तम हुन्छ ।

उच्च फाइवरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइबरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपात हुन् ।

गेडागुडीलाई अंकुरित रूपमा खानु अझ बढी लाभदायक हुन्छ । फापर, कोदो, जौ, मकैले पनि मुटुलाई फाइदा गर्छ ।

हाम्रो गाँउघरमा धेरै प्रयोगमा आउने गुन्द्रुक, आँटो, फापर र कोदोको रोटी, कूरिलोको सूप, कोइरालो, तीते करेला र केराको बुङ्गाको अचार, निउँरोको र लौकाको तरकारी, भुटेको मकै, भट्मास, चना, केराउ, दाँते ओखर आदिले मुटुलाई फाइदा पुर्याउँछ ।

खाना थोरै–थोरै गरेर धेरैपल्ट खानु उचित हुन्छ ।

दुई छाक मात्रै पेट कसिने गरी खाने र लगत्तै सुत्ने बानी मुटुका लागि खतरनाक हुन् । त्यसैले थोरै तर धेरैपल्ट उचित खाना खाएर आहार व्यवस्थापन गर्नुपर्छ ।

बेलुकीको खानामा दैनिक एक पोटी काँचो लसुन खाँदा फाइदा हुन्छ । यसले रगतको कोलेस्टेरोल घटाइ एस्पिरिनले जस्तै रगतलाई पातलो बनाउँदछ ।

जमिनमा बसेर खाना खाँदा के-के फाइदा हुन्छन्

सुखाशनले शरिरभरी समान रूपले रक्तसञ्चार गर्न मद्धत गर्छ

जमिनमा बसेर खाना खाँदा सहज रूपमा खाना खान सकिन्छ

यसरी बसेर खाँदा मोटोपन, अपच, कब्जियत, एसिडिटी तथा अन्य केही पेट सम्बन्धी बिमारीलाई पनि केही कम गर्छ ।

जमिनमा सुखासनमा बसेर खाना खाँदा मनको एकाग्रतामा बृद्धि हुन्छ ।

यसले हाम्रो छाती र खुट्टालाई बलियो बनाउँछ ।

यो आशनमा बस्दा मानसिक तनावबाट पनि मुक्ति पाउनुका साथै मनमा सकारात्मक विचार आउँछन् ।

खाना मा रुची बढाउने केहि टिप्स

१. कागतीको रस पानीसँग खाँदा भोक बढ्छ ।

२. पेटको अग्नि कमजोर भएपछि खाना पच्दैन र खाना रुचिकर समेत हुँदैन ।

३. खाएको खाना राम्रोसँग पचेन भने भोक लाग्दैन र त्यसको स्वाद पनि पाइँदैन ।

४. हर्रोको चूर्ण र सुठो सख्खर वा सिधे नुनसँग खाँदा मन्दाग्नी ठीक भएर भोक बढ्छ ।

५. बिरेनुन अर्थात् कालोनुन चाट्दा ग्याँसको समस्या हट्छ, भोक बढ्छ र पेट सफा हुन्छ ।

६. हर्रो एवं सुठोको चूर्ण तथा सख्खर मोहीमा मिसाएर खाँदा भोक बढ्छ र पेटको समस्या समाधान हुन्छ ।

७. दैनिक स्याउ खाँदा भोक बढ्छ भने रगत शुद्ध अनि पेट सफा हुन्छ ।

८. ज्वानोको पाउडरमा सिधेनुन मिसाएर बिहान मनतातो पानी पिउँदा भोक बढ्छ भने बाथ रोगमा पनि फाइदा हुन्छ ।

९. जायफल चूर्ण १ ग्राम महसँग चाट्दा मन्दाग्नि हटेर पाचन अग्नि प्रबल हुन्छ ।

१०. कागतीको रस पानीसँग खाँदा भोक बढ्छ ।

११. खाना खानुभन्दा पहिले अदुवा र सिधेनुन खाँदा भोक बढ्छ ।

खानामा किटाणुहरू नफैलिउन् भन्नका लागि केहि टिप्स

१. खाना पकाउनुअगि, खाना खानुअगाडि र केटाकेटीलाई खाना खुवाउनुअगि साबुनपानीले राम्ररी हात धुनुहोस्। हात राम्ररी धुनाले रोग फैलन

२. काँचै खाने फलफूल र तरकारीको बोक्रा ताछेर वा राम्ररी धोएर मात्र रोकिन्छ / हात पुछ्न एउटा सफा खानुहोस्। टालो राख्ने गर्नुहोस्|

३. खानेकुरामा थुकका छिटा पर्न नदिन खाना राखिएको ठाउँमा खोक्ने, थुक्ने, नियमित धोएर घाममा सूकाउने बुइगम र पानजस्ता चिजहरू चपाउने गर्नुहुँदैन ।

४. काँचै खाइने खानेकुरासँग काँचो मासु, माछा आदि राख्नुहुँदैन।

५. मासु काटिसकेपछि हात, हतियार र अचानो राम्ररी पखाल्नुहोस् ।

६.खानेभाँडाहरू जनावरहरूलाई चाट्न नदिनुहोस्। भरसक जनावरहरूलाई भान्छाकोठामा पस्न नदिनुहोस् । बिग्रिएको खाने कुरा तुरुन्तै फाल्नुहोस ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *