चिया पिउँनुहुन्छ ? जुन चिया पिए पनि पढ्नुहोस्, काम लाग्छ

नेपाली समाजमा चिया पिउनु लाइफ स्टाइल हो । दुध हालेको चियाबाट अधिकांश नेपालीको दैनिकी सुरु हुन्छ । तर, एउटा अनुसन्धानले चियाबारे सनसनीपूर्ण निष्कर्ष निकालेको छ ।

ब्रिटिस मेडिकल जर्नलमा प्र्रकाशित खोजले दुध हालेको चिया धेरै पिउने व्यक्तिलाई क्यान्सरको सम्भावना हुने बताएको छ । अपोलो बिएसआर हस्पिटलकी चिफ डाइटिसियन स्विटी यादव दिनमा तीनपटकभन्दा बढी दुध हालेको चिया नपिउन सुझाब दिन्छिन् । यस्ता छन्, दुध हालेको चिया पिउँदा हुने बेफाइदा :

चियाले पार्ने डरलाग्दो असर

– दुध हालेको चिया धेरै पिउने मान्छेलाई यो समाचारले दुखित बनाउन सक्छ । त्यो किनभने दुध हालेको चियाले ब्रेस्ट क्यान्सरको सम्भावनालाई समेत बढाउँदै लैजान्छ ।

– बढी तातो दुध हालेको चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । तातो दुध हालेको चिया पिउनुको परिणाम मुख र पेट जोड्ने नली ड्यामेज हुन सक्छ । जसको कारण क्यान्सर नै हुन सक्ने सम्भावना हुन्छ ।

– दुध हालेको चियामा हुने अर्को हानिकारक तत्व भनेको ‘फ्लोराइड’ पनि हो । त्यसैले बढी चिया पियो भने हड्डी कमजोर बनाउँछ ।

– दुध हालेको चियाको अत्यधिक प्रयोगले शरीरमा युरिनको मात्रा बढाउँदै लैजान्छ । जसको कारण सोडियम, पोटासियमजस्ता मिनरलसमेत शरीरबाट बाहिर निस्कन थाल्छ । जसले शरीरलाई कमजोर बनाउने काम गर्छ ।

– दुध हालेको चियामा ‘टैनिक’ र टायलिन भन्ने तत्व हुन्छ । यस्तो तत्वले शरीरमा ‘इनडाइजेसन’ बनाउन सक्छ र पेटको समस्या अझ बढ्दै जान्छ ।

– दुध हालेको चियामा भएको कफिनले मानिसमा थकान उत्पन्न गर्छ । थकित शरीरले मानिसलाई जाँगरसँग काम गर्नका लागि बाधा उत्पन्न गर्छ ।

दुध हालेको चियाले बच्चामा यस्तो असर

– दुध हालेको चियामा भएको कफिनले मस्तिष्कको क्षमतामा ह्रास ल्याउने काम गर्दछ ।

– दुध हालेको चियाका लागि चिनी अत्यावश्यक मानिन्छ । बढी चिनीले बच्चाको दाँतमा असर पर्ने गर्छ ।

– दुध हालेको चियाको अत्यधिक प्रयोगले शरीरमा क्याल्सियम मात्र घटाउँदै लैजान्छ । जसले हड्डीलाई कमजोर बनाउने काम गर्दछ ।

– दुध हालेको चियाले बच्चाको शरीरमा ‘अनडाइजेसन’ गराउने भएकाले पेटमा समेत समस्या देखिन थाल्छ ।

स्वस्थ चिया बनाउने विधि

– चिया तयार पार्दा चियापत्ती, दूध र चिनी कहिल्यै पनि एकैसाथ राख्नु हुँदैन । चियाका लागि पानी उम्लिसकेपछि मात्र चियापत्ती राख्नुपर्छ ।

– चियाका लागि पानी पटक–पटक उमाल्नु हुँदैन । तीन मिनेटभन्दा लामो समय उमालेको पानीमा अक्सिजनको कमी हुन जान्छ । त्यसले चियाको स्वादमा ह्रास ल्याउँछ ।

– पानी नउम्ली चियापत्ती राख्नु हुँदैन । उम्लिसकेको पानीमा चियापत्ती राख्दा राम्रोसँग रङ आउँछ र फ्लेबरलाई अब्बल बनाउन पनि भूमिका खेल्छ ।

– आधा घन्टाभन्दा लामो समय राखेको चिया कहिल्यै पनि पिउनु हुँदैन । लामो समयसम्म राखेको चियाले ‘इनडाइजेसन’ गराउँछ ।

खाली पेटमा चिया पिउँनुहुन्छ, पढ्नुहोस्

बिहान–बिहानै खाली पेटमा दुध हालेको चिया पिउने बानी धेरै जसोको हुन्छ । तर, खाली पेटमा दुध हालेको चिया पिउँनाले एसिडिटी हुनसक्छ । किनकि यसमा भएको टेनिन्स पेटको एसिडलाई बढाई दिन्छ । यसैले खाली पेटमा चिया पिउँनु राम्रो होइन ।

थाहा पाउनुहोस्, खाली पेटमा दुध हालेको चिया पिउँनाले के–कस्ता गम्भिर रोग लाग्छन् ।

१. प्रोस्टेट क्यान्सर

खाली पेटमा दुध हालेको चिया पिउनाले पुरुषलाई प्रोस्टेट अर्थात ग्रन्थीसम्बन्धी रोग लाग्न सक्छ । यो धेरै अध्ययनबाट पत्ता लागेको कुरा हो ।

२. चिडचिडापन

खाली पेटमा दुध हालेको चिया पिउँनाले प्राय थकान वा चिडचिडापनको समस्या देखिने गरेको छ ।

३. ग्यासको समस्या

खाली पेटमा दुध हालेको चिया पिउनाले पेटमा ग्यास जम्न थाल्छ ।

४. शरीरमा असर

खाली पेटमा दुध हालेको चिया पिउँनाले शरीरमा प्रोटिन र अन्य पोषण पदार्थको अवशोषण ठीक तरिकाले हुन पाउँदैन, जसले हाम्रो शरीरलाई प्रभावित गर्छ ।

५. वान्ता

चियामा टेनिन पाइन्छ, खाली पेटमा चिया पिउँनाले टेनिनका कारण कहिले काँही वान्ता हुने समस्या हुन्छ ।

खाली पेटमा मात्रै होइन, यस्तो अवस्थामा चिया पिउँनु हुदैन

तपाइँ धेरै चिया पिउनु हुन्छ भने सही समय पनि थाहा पाउँनुहोस्, कति बेला चिया पिउने । किनकि, गलत समयमा चिया पिउँनु तपाईलाई स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।

केही प्रकारका स्वास्थ्यसम्बन्धी समस्या निम्त्याउँन सक्छ ।

१. ‘बेड टी’बाट हुनसक्छ एसीडिटी

यदि तपाई दिनको शुरुवातमा ‘बेड टी’बाट गर्नुहुन्छ भने तुरुन्तै तालिका परिवर्तन गर्नुहोस् । ‘बेड टी’ले तपाईको शरीरमा एसिडको मात्रा बढाउँदैन, मुखको स्वास्थ्यलाई पनि प्रभावित गर्छ, साथै यो शरीरुमा टोक्सिनको मात्रा पनि बढाउँछ ।

२. खानापछि चिया

खाना खाएपछि चिया पिउँनुहुँदैन । यसले पाचन क्रिया ढिलो हुँदैजान्छ । चियामा रहेको फेनोलिक कम्पाउन्डले पाचन क्रियालाई बाधित गर्छ, जसले गर्दा प्रोटीन र आयरनलाई राम्ररी शरीरले ग्रहण गर्न पाउँदैन । जो व्यक्ति आइरनको कमिबाट जुधिरहेका छन्, उनहरुले खानापछि चिया पटक्कै पिउँनुहुन्न ।

३. सुत्नअघि चिया

चिया तथा कफिमा क्याफिन हुन्छ, जुन अनिन्द्रा जस्ता रोगको कारण बन्न सक्छ । क्याफिनको मात्राले शरीरमा कोर्टिसोल नाम तत्वलाई बढाउँछ, जसका कसारण मुटुसँग सम्बन्धित समस्या, मधुमेह, अनियमितता र तौल बढ्ने हुन्छ ।

४. आइरन र क्याल्सियमसँग चिया

यदि तपाई आइरन र क्याल्सियमको मिश्रण लिनुहुन्छ भने त्यस समय चिया नपिउँनुहोस् । एकै समयमा चिया र आइरन–क्याल्सियमको मिश्रण लिनाले मिश्रणको सबै फाइदा नाश हुन्छ । चियामा पाइने तत्वले आयरन र प्रोटिनलाई सोस्छ ।

पिउँने भए कालो चिया पिउँनुहोस्

यदि तपाईलाई थप एक कप कालो चिया खाने मुडमा हुनुहुन्छ भने निर्धक्क खाए हुन्छ । यो कुनै व्यक्तिगत धारणा नभएर वैज्ञानिकहरुको अध्ययनका आधारमा तयार गरिएको निष्कर्ष हो । विज्ञहरुका अनुसार कालो चिया बालकदेखि बृद्ध जोकोहीले खाँदा पनि फाइदा हुन्छ । तर कालो चिया भएपनि चिनिको मात्रा कम प्रयोग गर्नुहोला ।

यी हुन्, कालो चियाका पाँच फाइदा

१. तौल मेन्टेन

कालो चियामा भएको एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन । तर, चियामा राखेको दूधले भने ‘एन्टिअक्सिडेन्ट्स’को मात्रालाई घटाउने काम गर्छ ।

कालो चियाको प्रयोगले छिटो भोक लाग्ने समस्यबाट मुक्ति दिलाउनुका साथै शरीरमा शक्तिसमेत पैदा गर्छ । जसले मानिसलाई लामो समय क्रियाशील रहनका लागि सहयोग पुर्‍याउँछ ।

२. व्यवस्थित पाचन प्रणाली

कालो चियाले पाचन प्रणालीलाइ समेत व्यवस्थित गर्ने काम गर्छ । जसका कारण मानिस पेटको रोग लाग्नबाट बच्न सक्छ । कालो चियाको प्रयोगले पेटको दुखाइ, ग्यास्ट्रिकजस्ता समस्याबाट पनि मुक्ति दिलाउने काम गर्छ ।

३. हुँदैन हर्ट स्ट्रोकको खतरा

नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्छ । जसका कारण मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ । अमेरिकन हर्ट एसोसिएसनको अनुसन्धानअनुसार कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोलका कम गर्छ । कोलेस्ट्रोल ‘हर्ट स्ट्रोकका लागि खतरनाक मानिन्छ ।

४. रोगप्रतिरोधी क्षमता बढाउँछ

कतिपय मानिसमा रोगप्रतिरोधी क्षमता कम भएका कारण छोटो–छोटो समयमा बिरामी हुने समस्याले दिक्क हुन्छ । यस्ता मानिसलाई पनि कालो चिया हितकर हुन्छ । किनभने, कालो चियाले शरीरको रोगप्रतिरोधी क्षमतालाई बढाउँदै लैजाने काम गर्छ । यसले साइनस, डायरिया, निमोनियाजस्ता रोग लाग्ने सम्भावनालाई पनि दूर गर्ने काम गर्छ ।

५. क्यान्सरबाट जोगिन

कालो चियाले शरीरमा ‘थैफ्लोविन्स’ अर्थात् क्यान्सर बनाउन सक्ने कोशिकालाई हटाउने काम गर्छ । यस्ता कोशिकाको निर्मूलले विशेष गरी मानिसमा ‘ओवेरियन क्यान्सर’बाट जोगाउने गर्छ ।

पुदिना चिया खानुहोस् स्लिम हुनका लागि

पुदिना त हामी सबैलाई नै थाहा छ । पुदिनाको अचार खानु स्वास्थ्यको लागि धेरै नै फाइदाजनक छ । पुदिनाले खाना पचाउन पनि मद्दत गर्छ । पुदिनाको अचार मात्र हैन त्यसको चिया पनि निकै फाइदा जनक हुन्छ ।

पुदिनाको चियाले शरीरलाई स्वस्थ्य बनाउनुको साथै तौल घटाउन पनि मद्दत गर्छ । यदि तपाई तौल घटाउन चहानुहुन्छ भने प्रयोग गर्नुहोस् पुदिनाको ।

पुदीनाको चियाले पेट सफा गर्दछ । यसरी शरीरमा प्राकृतिक तरिकाले शरीरका मासंपेशी चल्ने भएकाले तौल कम गर्ने मद्दत मिल्छ । कसैलाई पुदीनाको तेज बास्नाले भोकको नियन्त्रण गर्दछ ।

कसैलाई राती खान खाइसकेपछि पुदिनाको चिया खाएपछि मिठाई खान मन लाग्दैन । पुदिनाको चियाले शरीरमा रहेको सुगरको मात्रालाई सन्तुलित राख्दछ । गुलियो खाने इच्छा कम गर्दछ ।

पुदिनाको चिया बनाउने तरिका

तातो पानीमा २ ठुलो चम्चा पुदीनाको पात हाल्नुहोस् । त्यसलाई १५ मिनेटसम्म उमाल्नुहोस् । उम्लिएपछि स्वाद अनुसार मह हाल्नुहोस् र पुदीनाको चियाको स्वाद लिनुहोस् ।

अदुवा चियाको फाइदै फाइदा छन् तर दुध सहितको अदुवा चिया होइन नि

अदुवामा धेरै स्वास्थ्यवर्द्धक गुणहरु हुन्छन् । यसलाई चियाको रुपमा खाँदा स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ । हामीले यहाँ त्यस्तै केहि फाइदाहरुको सूचि तयार पारेका छौँ ।

१. रक्त सञ्चारमा सुधार

अदुवामा रहेको भिटामिन र खनिज एवं एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो पार्छ र विभिन्न रोगको खतराबाट बचाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।

२. महिनाबारीको समाधान

अदुवाको चियाले महिलालाई हुने महिनाबारीको समस्या समाधान गरिदिन्छ । अदुवाको चिया तल्लो पेटमा लगाउँदा पनि यसले दुखाइ कम गर्छ । अदुवा चियामा मह मिसाउन सकेन त्यसले झनै राम्रो गर्छ ।

३. रोग प्रतिरोधात्मक क्षमतामा वृद्धी

अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । अदुवाको चियामा उच्चस्तरको एन्टीअक्सीडेन्ट हुन्छ जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

४. दिकदारी कम गर्छ

अदुवा हालेको चिया सेवन गर्दा दिकदारी र तनाव कम गर्छ । चियाँ र अदुवाबाट बन्ने कडा रसायनले यस्तो लाभ दिने चिकित्सकहरुको भनाइ छ ।

५. बान्ता हुने र विरामी पर्ने हुँदैन

कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्त वा अन्य विमारी हुने समस्या आउँदैन । अलि अलि असजिलो महसुस भएको समयमा पनि अदुवा भएको चिया खानु राम्रो हुन्छ ।२ पाचन प्रणालीमा सुधार

अदुवाले पाचन प्रणालीका क्रियाहरु सहज तुल्याउँछ । अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त हुन्छ ।

६. दुखाइमा पनि औषधी

अदुवाले तपाइँको शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई पनि कम गर्छ । मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन सहायक हुन्छ ।

७. श्वासप्रश्वासको समस्यामा औषधी

अदुवाको चियाले श्वासप्रश्वासको समस्या हुनेलाई पनि लाभ गर्छ । चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया लाभदायी हुन्छ । त्यसैगरी वातावरणीय एलर्जीलाई पनि निवारण गरिदिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *