पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका योजनाहरु सम्झौता गर्ने अवधि चैत मसान्तसम्म थप गरिएको छ ।


नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले यस अघि फागुन मसान्तसम्म योजना सम्झौता गर्ने अवधि तोकिएपनि केही सम्झौता गर्न बाँकी रहेकाले म्याद थप गरिएको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

बैठकले, नगरले बृहत अभियानका रुपमा सञ्चालन गरेको हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रमको चैत ६ गते समीक्षा गर्ने पनि निर्णय गरेको छ । यसका साथै शिक्षा शाखा व्यवस्थापन, ल्याव व्यवस्थापन सहितका विषयमा पनि छलफल भई निर्णय भएको छ ।