खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

एथ्लेटिको म्याड्रिडका विरुद्धमा ह्याट्रिक गर्दै आफ्नो क्लबलाई क्वाटरफाइनलमा पुर्याएका खेलाडी क्रिश्चियानो रोनाल्डोको सेलिब्रेसन थप विवादमा परेको छ ।

एथ्लेटिको म्याड्रिडका विरुद्धमा ह्याट्रिक गरेपछि उनले गरेको सेलिब्रेसन अपमान जनक भएको भन्दै विवादमा परेको हो । उनले दर्शक तिर फर्किएर आफ्नो जाँघलाई अश्लिल तरिकाले हल्लाएका थिए । यसलाई युइएफएले जाँच गर्ने बताएको छ ।

उनको सो अपमानजनक सेलिब्रेसन एथ्लेटिकोका बोस डिएगो सिमियोनको बदलाका रुपमा थियो भन्ने मानिन्छ । डिएगोले आफ्नो टिमले पहिले लेगमा युभेन्टसमाथि जित निकाले पछि त्यसरी नै सेलिब्रेसन गरेका थिए ।

के हुन्छ रोनाल्डोलाई सजाय ?

युइएफएले बताए अनुसार रोनाल्डोको सेलिब्रेसनको अनुसन्धान गरिनेछ । युइएफएको अनुशासन समितिले यसको थप छानविन गरेर उचित कार्यवाहीको सिफारिस गर्ने छ । मार्च २१ मा यसको घोषणा भइसक्ने पनि उसले बताएको छ ।

पहिले के भएको थियो ?

एथ्लेटिकोका बोस डिएगो सिमियोनले गरेको अपमानजनक सेलिब्रेसनका कारण सिमियोनले अठार हजार युरो तिरेका थिए । यदि त्यो जरिवाना नतिरेको भए उनलाई खेल मैदानमा प्रतिबन्धित गरिने थियो ।

सोही आधारमा रोनाल्डो माथि केहि रकम मात्रै जरिवाना हुने सम्भावना पनि छ ।

के हुन्छ रोनाल्डो बिनाको युभेन्टस् ?

रोनाल्डो बिनाको युभेन्टसका बारेमा यस्तै हुन्छ भन्न गाह्रो छ तर टिमको महत्वपुर्ण भुमिकामा रहेका रोनाल्डो बिना युभेन्टसले हिजो मात्रै सिरि ए मा एक बर्षको अपराजित यात्रा विफल भएको छ ।

रोनाल्डो बिना मैदानमा उत्रिएको युभेन्टसले जेनोआसँग २ का विरुद्ध शुन्यले खेल गुमाएको थियो ।