स्थानीय सरकार सामु ६ बुँदे ज्ञापन पत्र बुझाँउदै नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नगर समिति पथरीशनिश्चरेले स्थानीय सरकार सामु ६ बुँदे ज्ञापन पत्र बुझाँएको छ। आइतबार नयाँ शक्ति पार्टी नगर संयोजक तारा दवाडीको अगुवाईमा नगर प्रमुखलाई ज्ञापन पत्र बुझाँउदै पार्टीले विना काम तलब भत्ता बुझ्ने वडा सदस्य र कार्यापालिका सदस्यबाट रकम फिर्ता गर्न माग गरेको छ।


नगरपालिकाभित्र रहेको अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्या र द्वैध स्वामित्वको समस्या तत्काल समाधान गर्न समेत ज्ञापनपत्र मार्फत माग गरिएको छ। अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्यालाई समाधान गर्छु भनी जनप्रतिनिधिले चुनावमा प्रतिबद्धता जनाएको स्मरण गराउँदै तत्काल समस्या समाधान गर्न स्थानिय सरकारको ध्यानाकर्षण गराइएको नयाँ शक्ति पार्टी नगर संगठन विभाग प्रमुख एल वी भण्डारीले बताए।

नगर प्रमुख दिलिपकुमार राई र प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलाई संयुक्त रुपमा बुझाईएको ६ बुँदे ज्ञापन पत्रमा प्रत्येक वडा कार्यालयमा दक्ष प्राविधिक जनशक्ति नियुक्ति , नगरपालिकाले प्राथमिकताको आधारमा र मानव संसाधनको विकासका लागि बजेट विनियोजन , विकास योजनाहरुमा अनियमितताको अन्त्य, असारे विकासको अन्त्य गर्दै अहिलेसम्म काम सुरु नभएका योजनाहरु तत्काल सञ्चालन गर्नु पर्ने लगायतको माग समेटिएका छन।

ज्ञापन पत्र बुझाउने क्रममा नयाँ शक्ति पार्टी नगर संगठन विभाग प्रमुख एल वी भण्डारीले नगरपालिकाले संचालन गरेका विकास योजनाहरुमा अनियमितता भएको भन्दै तत्काल ‘सेटिङ सिस्टम’ को अन्त्य गर्न माग गरे ।साभार रेडियो सिम्रिक