चर्चित गायिका मेलिना राई र समिर लिम्बूको ‘आखा अघि’ बोलको म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

मातृका पौडेल चैत्र ४ पथरी ,/ चर्चित गायिका मेलिना राई र गायक समिर लिम्बूको आवाजमा ‘आखा अघि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

स्लो रोमान्टिक भर्सनको यस गीतमा सदोक मल्लको शब्द र कमल रसाइलीको संगीत रहेको छ। निकै रमाइलो यस भिडियोमा प्रेमको भावहरुलाई समेटिएको छ।

युट्युब च्यानल The Rising Nepal Crew मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोको छायाँकन र सम्पादन रमेश चौधरीले गरेका छन् भने जितु तामाङले भिडियोलाई निर्देशन गरेका छन् ।

जितु तामांग र दिया नेपालले अभिनय गरेको यस भिडियोको छायाँकनमा कालिन्चोकका मनमोहक दृश्यहरु समेटिएको छ।दियाले आफ्नो पहिलो म्युजिक भिडियोमानै  निकै आशा लाग्दो अभिनय प्रस्तुत गरेकी  छिन ।

(भिडियो)