होली खेल्नु भन्दा अगाडी स्किन र हेयर लाई बचाउन यसो गर्नुहोस् : व्युटि़शियन जुली प्याकुरेल

नेपालीहरुको विभिन्न चाडपर्ब मध्ये होलिलाई पनि हामि नेपालीहरु धुमधाम संग मनाउछौ। हर्षोल्लासका ,उल्लासमयको साथ यो पर्ब लाई मनाइने गरिन्छ ।

होलि भन्ने बितिकै मिठो मिठो पकवान बनाउदै खादै खुवाउने रमाइलो गर्दै मनाउने पर्ब भन्ने बुजिन्छ । तराइमात अझ यो एक हप्ता अघि देखीनै होलि गित गाउने चलन देखिन्छ गित कुनै अरु खालको नभइ शुद्ध लोक भाकामा हुन्छ र यसलाई प्राय दिनभरीको काम अफिस ,बिजनेस ,सकिएर फर्कने दाजुभाई कुनै एक ठाउमा समुहमा जम्मा भएर एक छिन् रमाइलो गर्ने तरिका हो । होलि गित गाएर होलि आउदै गरेको आभास दिलाउछन् र होलीको अर्को सबभन्दा महत्वपूर्ण बिषय भनेको रंगको पर्ब भनेर पनि बुजिन्छ ।

एक अर्कामा रंग दलेर आत्मीयता प्रकट गरेर मनाइन्छ ।यसरि रंग दल्दा हामीले खेल्ने रंग कस्तो छ ध्यान दिनु आवश्यक छ । होलीमा प्रयोग हुने रंग ,अबिरले स्क्रिन र कपाललाई हानि गर्छ यसो भन्ने बितिकै होलिनै नखेल्न्ने घरमानै लुकेर बस्ने भन्ने होइन ।जसलाई यो पर्ब मन पर्छ उहाहरुले नडराइ मन खोलेर यो पर्बको आनंद लिन सक्नु हुन्छ यसको लागि केहि कुरामा ध्यान पुराउने गर्नुपर्छ त्यस पछी हाम्रो स्क्रिन र कपाललाई कुनै पनि हानि नोक्सानी हुदैन ।

होलि खेल्नु पुर्ब ध्यान दिनु पर्ने कुराहरु
रंग अथवा अबिर लगाउनु पहिला आफ्नो कपालमा लाइट ओएल जस्तैः कोकोनटओएल लगाई पुरा कपाललाई रबरले बाध्ने यसो गर्दा तपाईको कपाल भित्र अबिर जान पाउदैन र कपालको जरा अबिर या रंग देखि धेरै हद सम्म बच्छ ।

कपालमा बाक्लो तेल नलगाउने जस्तैः ओलीब ओएल, क्यास्ट्रोल ओएल,आल्मण्ड ओएल,मस्टड ओएल किनकि यी सब तेल हरु बाक्लो हुने भएको गर्दा रंग या अबिरलाई कपालमै टासिने बनाइदिन्छ जस्ले गर्दा कपाल धुन गारो हुनुका साथै कपाल पनि रफ हुन्छ ।

रंग या अबिर खेल्नु भन्दा पहिला स्किनको पनि यसरीनै ध्यान दिनु पर्ने हुन्छ। स्कीनमा कपालको भन्दा ठिक उल्टो बाक्लो टाइपको स्किन लोसन या तेल लगाउने जस्तैः ओलीब ओएल,स्कीन सिरम ,सन् ब्लक क्रिम या बदाम तेल लगाउनुका साथै फुल बाहुला र पुरै जिउ ढाक्ने कपडा लगाउने । यसरि क्रिम,लोसन ,तेल लगाउदा अबिर या रंग सिधै छालाभित्र नपस्ने भएकोले गर्दा स्किन सुरक्षित हुन्छ ।

होलि खेलिसकेपछी

होलि खेलिसकेपछी आफ्नो स्किन र कपाललाई कसरि हेल्दी राख्ने भन्नका लागि राम्रो ब्रान्डेड फेसियल ,स्किन स्पा लिनु आवश्यक हुन्छ र यसको लागि कुनै एस्पर्ट व्युटि़शियनको सल्लाह लिएर फेसियल ,स्किन स्पा र कपालको लागि हेयर ट्रिटर्मेंट ,हेयर स्पा गराउदा राम्रो हुन्छ ।

किनकि हामि होलि खेलिसकेपछी आफ्नो शरीरमा भएको रंग र अबिरलाई साबुन र फेस वास प्रयोग गरि निकाल्न खोजिन्छ तर भित्रि तहको छालालाई मोइस्चराइजरको आवस्यकता हुन्छ त्यसको लागि फेसियल जरुरि छ ।रंग खेल्दा हामि रंग हटाउन या अबिर हटाउन नुहाउने बेलामा छाला माडी माडी सफा गर्छौ यसरी छाला सफा गर्दा रंग संगसंगै छालाको चमक मोइस्चर पनि जान्छ जुन हाम्रो छालाको लागि नराम्रो हो यसरि हामीले तत्काल फेसियल गराएनौ भने छालामा रिंकल आउने ,छाला सुख्खा हुने ,छाला लत्रने समस्या हुन्छ ।

यस्तै कपालको लागि हेयर स्पा हेयर त्रित्मेंट गराउनु आवश्यक छ किनकि रंग र अबिरले कपाललाई मात्र होइन कपालको जरालाई समेत नुक्सान पुराउछ ।कपाललाई चमक हिन बनाउने ,ड्राइ र रुक्खो बनाउने भएकोले हेयर स्पाको आवश्यकता छ । हामि होलि खेलिसकेपछी कपालमा लागेको रंग वा अबिर जाओस् भनेर कपाल धुदा कस्सेर माडने गर्ने गरेका छौ तेसो गर्नु हुन्न तेसो गर्दा झन् कपाल टुक्रने र झर्ने हुन्छ । होलि सकाएर होलीको पुरा आनन्द उठाएर पर्वलाई बिदा गर्नुहोस र फेसियल ,हेयर स्पा को लागि पार्लर या क्लिनिक जानुहोस् ।

यो जानकारी व्युटि़शियन जुली प्याकुरेल बाट लिएको हो उनि पुर्बान्चलमा निकै चर्चित व्युटि़शियन मध्ये एकमा पार्छिन । उनले विराटनगरमा apls beauty parlour and gents salon बाट महिला पुरुष दुबै लाई सौर्न्दर्य सेवा प्रदान गर्दै आएकी छिन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी