अब बाट विश्वकप फुटबलमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने

कतारमा आयोजना हुने २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिल बैठकले कतारमा आयोजना हुने विश्वकपमा सहभागी राष्ट्र बढाउने निर्णय गरेसँगै ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

यसअघि कतार विश्वकपमा फिफा काउन्सिलको बैठकले ३२ राष्ट्रको सहभागिता रहने बताएको थियो । तर, हाल बैठकले पुनः १६ राष्ट्र थप्दै ४८ राष्ट्रको सहभागिता रहने बताएको छ ।

सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्र हुने यसअघि नै तय भईसकेको थियो । सन् २०२२ को विश्वकपमा कतारसँगै एक सह-आयोजक राष्ट्र थप्ने निर्णय समेत बैठकले गरेको छ । उक्त निर्णयले कतारसँगै अर्को एक गल्फ राष्ट्रमा विश्वकप हुनेछ ।

पहिलो पटक फिफा विश्वकप इतिहासमा कतार विश्वकप जाडो मौषममा आयोजना हुदैछ । यसअघिका सबै विश्वकप गर्मी मौषममा हुँदै आएका थियो । बैठकले कतारमा अत्याधिक गर्मीका कारण विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरेको थियो ।एजेन्सी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी