नेपाली नृत्य प्रतियोगिता गर्दै नेपाली भाषी भुटानी यूवाहरु

नेपाली भाषी भुटानी यूवाहरुको आयोजनामा यहि बैशाख १ गते प्रदेश न. १ स्तरीय नेपाली नृत्य प्रतियोगिता हुने भएको छ ।

उक्त आयोजनामा सामुहिक र एकल दुई विधामा प्रतियोगिताकाहुने र दुवै विधाका विजेतालाई पुरस्कृत गरिने छ । हिजो रेडियो रिदममा प्रत्रकार सम्मलेन गरी आयोजकले जानकारी दिएका छन् ।

सामुहिक तर्प प्रथम हुने समुहले १५ हजार १५ रुपैँया नगद सहित ट्रफि प्राप्त गर्ने छ भने दोश्रो हुने समुहले नगद १० हजार रुपैँया प्राप्त गर्ने छ । एकल तर्प भने प्रथम पुरस्कार १० हजार रुपैँया र दोश्रो पुरस्कार ५ हजार रुपैँया नगद निर्धारण गरिएको प्रतियोगिता संयोजक करण राईले जानकारी दिए।

प्रतियोगितामा निर्णायक कोरियोग्राफर गोविन्द राई , बुगी वुगीका डान्सर मनिता राई लगायत रहने आयोजकले जानकारी दियो । प्रतियोगिता बैशाख १ गते पथरीशनिश्चरे १० मा रहेको भूटानी शरणार्थी सिविरको विद्यालयमा संचालन हुनेछ । नेपाली भाषा, संस्कृति संरक्षण र सम्बद्र्धधनका निमित्त प्रतियोगिता आयोजना गरिएको संयोजक राईले बताए। प्रतियोगितामा भाग लिन दुवै विधाका लागी क्लव वा कुनै संघसंस्थाको सिफारीस अनिवार्य रहेको आयोजकले बताएको छ । अनुमानित २ लाख रुपैँया खर्च हुने कार्यक्रममा तेश्रो मुलुक पूर्नवास भएका नेपाली भाषी लगाायत स्थानियको पनि सहयोग रहेको आयोजकको भनाई छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी