न्यूजिल्याण्डको मस्जिदमा आक्रमण, धेरै हताहत भएको आशंका – अहिले सम्म प्राप्त जानकारी

भर्खरै

सवारीका साधनमा बम राखिएको भेटियो

न्यूजिल्याण्ड प्रहरीले पत्रकारहरुसँग कुरा गर्दै बताएका छन् कि आक्रमणकारीहरुले सवारी साधनहरुमा केहि बमहरु राखेका थिए जसलाई सुरक्षाकर्मीहरुले निष्क्रिय पारेका छन् ।

प्रहरीले सो तथ्य बाहिर ल्याउँदै घटनाको गाम्भिर्यतालाई बुझिदिन अनुरोध गरेको छ । प्रहरीले यो किसिमको आक्रमण क्रिसचर्चमा मात्रै सिमित नरहन सक्ने अवस्था रहेको बताएको छ ।

– न्यूजिल्याण्ड प्रहरीले ४ जना आक्रमणकारीलाई पक्राउ गरेको बताएको छ । जसमा ३ जना पुरुष र एक महिला रहेकी छन् ।

१ चैत, पथरी शनिश्चरे । न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई वटा मस्जिदमा अज्ञात समूहले आक्रमण गरेको छ । मस्जिदमा अन्धाधुन्द गोली प्रहार हुँदा ‘धेरै हताहत’ भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

मस्जिदमा आज जुमेको नमाज थियो । त्यही बेला आक्रमण भएको हो ।

अहिलेसम्म प्राप्त जानकारीहरु

– डेली मेलका अनुसार यो घटनामा बालबालिकासहित कम्तिमा २७ जनाको मृत्यु भएको छ तर आधिकारिक पुष्टि भइसकेको छैन । सिएनएनका अनुसार २०० जना भन्दा बढि मानिसहरु उपस्थित भएको मस्जिदमा १० देखि १५ मिनेटसम्म गोली चलेको सुनिएको थियो ।

– थप आक्रमणको भय बढेपछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई पनि अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको छ ।

– न्युजिल्याण्ड भ्रमणमा रहेका बंगलादेशी क्रिकेट खेलाडीहरु भने सुरक्षित छन् । आक्रमणको समयमा उनीहरु मस्जिद भन्दा बाहिर रहेका थिए । आक्रमण पछि पुलिसको गाडीका साइरन बज्दै गर्दा खेलाडीहरु हतार हतार सुरक्षित स्थानतिर गइरहेको भिडियो सार्वजनिक भएको छ ।

– प्रधानमन्त्री जेसिन्डा अर्डनले घटनामा दुःख व्यक्त गर्दै न्यूजिल्याण्डका लागि कालो दिन भएको प्रतिक्रिया दिएकी छन् । उनले आक्रमणमा आप्रवासी र शरणार्थीहरुको संलग्नता रहेको आशंका गर्दै उनीहरुलाई पक्राउ गर्ने संकेत दिएकी छन् ।

– प्रहरी कमिश्नर माइक बुशका अनुसार एक आक्रमणकारी पक्राउ परेका छन् । उनका अनुसार घटनामा अन्य व्यक्ति वा समूहको संलग्नता भए-नभएको खुलेको छैन र यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

– डेली मेलका अनुसार यो आक्रमणमा २८ वर्षीय अष्ट्रेलियन युवकको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

– प्रहरीले आक्रमणको तस्विर तथा भिडियो सामाजिक साइटहरुमा नराख्न खबरदारी गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी