पथरीशनिश्चरे नगरमा व्यवसाय दर्ता तथा नविकरण अनुगमन्

मोरङको पथरीशनिश्चरे नगरका व्यवसायीहरुलाई नगरपालिकामा व्यवसाय दर्ता तथा नविकरण कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आजबाट बजार अनुगमन् थालिएको छ ।


नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, ८ नम्वर वडाध्यक्ष बाबुराम दहाल, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत, जनप्रतिनिधि, प्रहरी, नगरका कर्मचारीहरुको टोलीले वडा नम्वर १ को पथरी बजारबाट अनुगमन् थालेको हो ।


दर्ता तथा नविकरणका साथै सवैलाई करको दायरामा समेत आउनका लागि आव्हान गरिएको छ । अनुगमनका क्रममा, १ सय ४३ पसल एवम् व्यवसायमा अनुगमन् हुँदा ३३ वटा पसल नगरपालिकामा दर्ता नभएका र २८ पसल नविकरण नभएको तथ्याङ्क फेला परेको अनुगमन संयोजक वास्तोलाले जनाउनु भयो । नगरपालिकामा दर्ता र नविकरण हुन वाँकी रहेका व्यवसायीलाई ७ दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित भएर दर्ता र नविकरण गर्न पत्र छोडिएको पनि उनले उल्लेख गर्नुभयो ।
व्यवसायको अवस्थाका बारेमा जानकारी लिई उनीहरुलाई करको दायरमा ल्याउनका लागि अभियानको लक्ष्य बनाएर नगरका सवै वजार अनुगमन् गर्ने योजना रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी