रेडस्टारले भब्य कार्यक्रम गरि मनायो आफ्नो २३औँ वार्षिकोत्सव

मोरङको पथरीशनिश्चरे २ मा रहेको रेडस्टार अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले मङ्गलबार विविध कार्यक्रमको आयोजना गरी २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।


पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई र विद्यालयका निर्देसक तथा प्रिन्सिपल टि.एन. तिम्सिनाले पानसमा बत्ती बालेर संयुक्त रूपमा उद्घाटन गर्नुभएको सो कार्यक्रम भव्य र सभ्यरूपमा सम्पन्न भएको थिए । वार्षिकोत्सव कार्यक्रममा विभिन्न विधा, कक्षा, क्षेत्र र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरियो ।

त्यस्तै यस वर्षको उत्कृष्ट शिक्षकका रूपमा सनम गजमेर, कर्मचारी पर्वकुमारी राई र राजकुमार तामाङ, भूतपूर्व विद्यार्थी मनिस राईलाई पुरस्कृत गरिएको कार्यक्रम सञ्चालक दिपेन्द्र धमलाले जानकारी दिनुभयो । उक्त कार्यक्रममा विद्यालयकी शिक्षिका सरिता भट्टराईद्वारा लिखित ‘सङ्कल्प’ नामक लघुनाटक समेत मञ्चन भएको थियो ।

नेपाल शिक्षक महासङ्घका केन्द्रीय उपमहासचिव दिननाथ तिम्सिना, नेपाल शिक्षक महासङ्घ पथरीशनिश्चरे नगर अध्यक्ष एवम् पञ्चायत माविका प्रधानाध्यापक अर्जुकुमार बुढाथोकी, वडाध्यक्षहरू यामप्रसाद गुरागाईँ, डम्बर चेम्जोङ, गोविन्द भण्डारी र सागर राईलगायतका विशिष्ट अतिथिहरू रहेको कार्यक्रममा विभिन्न साङ्गीतिक एवम् सांस्कृतिक खुराकहरू प्रस्तुत गरिएको थियो ।

यसै गरी कार्यक्रममा पञ्चायत माविका विज्ञान संकाय इन्चार्ज बुद्धिनाथ अधिकारी, स्थानीय सिंहवाहिनी माविका प्रअ जगतमणि गौतम, जनता माविका प्रअ पदम सापकोटा, चन्द्रकिरातेश्वर माविका हर्कराज जिमी, मोरङ मेरिगोल्डका मनोरथ खरेल, अरुणोदयकी शान्ति राई, बाल जागरणका नरबहादुर कार्की, ग्रेट ग्रेस एकेडेमीका टिकाराम श्रेष्ठ, कञ्चनजंगा माविका खड्ग श्रेष्ठ, समाजसेवी एवम् बुद्धिजीवी पर्शुराम मिश्र लगायतको आतिथ्यता रहेको थियो ।

शिक्षक अभिभावक सङ्घकी अध्यक्ष गोमा दाहालले महत्त्वपूर्ण भनाइ राख्नुभएको सो कार्यक्रमको समापन सत्रमा सभापति एवम् विद्यालयका प्रिन्सिपल टि.एन. तिम्सिनाले २१औँ शताब्दीमा प्रविधिमैत्री शिक्षा हुन जरुरी रहेको हुँदा त्यसतर्फ रेडस्टार क्रियाशील रहेको उद्घोष गर्नुभयो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षकद्वय गणेश विष्ट र दिपेन्द्र धमलाले गर्नुभएको थियो । वार्षिकोत्सवको अघिल्लो दिन विद्यालयले अभिभावकहरूबिच विभिन्न प्रतियोगितात्मक खेलहरूसमेत आयोजना गरेको विद्यालयका भाइस प्रिन्सिपल वसन्त मादेनले जानकारी दिनुभयो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी