छडके दोहलु स्थित केर्खा खोला पुल निर्माणको शिलान्यास

मातृका पौडेल दोहलु फागुन २९ बुधबार , मोरङको पथरीशनिश्चरे ६ छडके दोहलुस्थित केर्खा खोलाको पुल निर्माण कार्यको आज शिलान्यास भएको छ ।

नगर प्रमुख दिलीपकुमार राई ,६ नम्बर वडाध्यक्ष जय बहादुर तामांग ,९ नम्बर वडाध्यक्ष भानुभक्त राईले संयुक्त रुपमा पुल निर्माण कार्यको शिलान्यास गर्नुभएको हो ।

उक्त शिलान्यास कार्यक्रममा ९ का वडा शदस्य कुरुक्षेत्र् नेपाल प्राबिधिक लिलाराज भट्टराई तथा स्थानीय उपभोक्ताहरुको उपस्थिति थियो। पुल निर्माण कार्यकोलागि नगरपालिकाको ४० लाख रुपैयाँको लागत भएपनि सरोबर बिल्डर्स प्रा.लि.ले ३५ प्रतिसत छुटमा योजना सम्पन्न गर्न लागेको हो।

उक्त खोलामा पहिलानै पुल भएपनि जिर्ण भएकोले जतिखेर पनि दुर्घटना हुने जोखिम थियो अब नयाँ पुल बनेपछि उक्त जोखिम सकिनुका साथै उक्त पुल बाट जय नेपाल चोकबाट दक्षिणको बाटो हुदै दोहलु सुक्रवारे र नजिकको कानेपोखरी गाउँपालिका सम्मको यात्रा गर्न सजिलो हुने स्थानिय उमाकान्त बास्तोला बताउछन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी