भारत र पाकिस्तानको पानी युद्ध, भारतले पाकिस्तान जाने नदिको पानी थुन्यो

२८ फागुन, पथरी शनिश्चरे । भारत र पाकिस्तानको मनमुटाव र खिचातानी नदिहरुमा पुगेको छ ।

हालै मात्र भारतले आफ्नो देश हुँदै पाकिस्तान जाने नदिहरुको पानी बन्द गरिदिएको छ । भारत हुँदै पाकिस्तान जाने सतलज, ब्यास र रावी नदिहरुको पानी बन्द गरिदिएको हो । केन्द्रिय जलसंशाधन राज्यमन्त्री अर्जुन मेघवालले आफुहरुले भारत हुँदै पाकिस्तान जाने ३ नदिहरुको बहाव बन्द गरिदिएको बताएका हुन् ।

काश्मिरको पलुवामामा भएको हमला पछि भारत र पाकिस्तानविचमा तनाव बढ्दो छ । सोही आक्रमण पछि भारत हुँदै पाकिस्तान जाने नदिहरु बन्द गरेर पाकिस्तानलाई दबाबमा राख्नु पर्ने आवाज उठेको थियो । सोही समयमा भारतको केन्द्रीय जल संशाधन मन्त्री नितिन गडकरीले पाकिस्तान जाने नदीको पानी बन्द गर्न प्रधानमन्त्री कार्यालयमा सिफारिस गर्ने बताएका थिए ।

भारतिय सञ्चारमाध्यमहरुले पलुवामा आक्रमणको बदलास्वरुप भारतले नदिहरुको पानी बन्द गरेको बताइरहेका छन् । भारतिय सञ्चारमाध्यमका अनुसार राज्यमन्त्री मेघवालले तीन वटै नदीलाई थुनेर पानी जम्मा गर्ने काम भइरहेको बताएका छन् । उनका अनुसार राजस्थान र पन्जाबलाई आवश्यक परेमा यो पानी प्रयोग गर्न अनुमति दिइने छ ।

के पाकिस्तानतर्फ ति नदिहरु अब सुख्खा बगर मात्रै हुन्छन् त ?

भारतिय सञ्चारमाध्यमले केन्द्रिय जलसंशाधन राज्यमन्त्री अर्जुन मेघवालको दाबी बताउँदै पानी बन्द गरेको बताएका छन् तर यसो भन्दैमा पाकिस्तानतर्फ ति नदिहरु सुख्खा बगर मात्रै भने रहने छैनन् । भारतले ति नदिहरुमा आफ्नो अधिकार मात्रै प्रयोग गरेको बताएको छ ।

भारतीय केन्द्रिय जलसंशाधन मन्त्री नितिन गडकरीले सिन्धु सम्झौताअनुसार भारतले आफ्नो हिस्साको पानी मात्र पाकिस्तान जानबाट रोकेको दाबी गरेका छन् । यसको अर्थ हो, पाकिस्तानतर्फ भएका ति नदिहरुमा अहिले पनि पानीको बहाव छ ।

अन्तराष्ट्रिय सन्धी सम्झौता र प्रावधानहरुले पनि कुनै देशमा प्रवेश गर्ने नदिहरु पुर्णत बन्द गर्न पाइदैन । त्यसका अतिरिक्त भारत र पाकिस्तानबिचमा नदिहरुको पानी बाँडफाँडका लागि सिन्धु जल सम्झौता भएको थियो । भारतबाट पाकिस्तानतर्फ बगेर जाने ब्यास, रावी र सतलज नदीसँग सम्बन्धित यो सम्झौता अनुसार पाकिस्तानमा ८० करोड एकड फिट पानीको आपूर्ति हुन्छ । त्यस्तै भारतले ३.३ करोड एकड फिट पानी पाउँछ ।

भारतले यहि सन्धी अनुसार आफ्नो हकको पानी मात्रै रोकेको दाबी गरेको छ ।

पृष्ठमुभी

भारत र पाकिस्तान बिचको तनाव नयाँ होइन । अंग्रेजले आफ्नो औपनिवेशको अन्त्य गर्दैगर्दादेखि सुरु भएको यो तनाव भिन्न भिन्न बहानामा बेला बेला देखिने गर्छ ।

केहि समय अगाडी काश्मिरको पुलवामामा भएको आक्रमणमा ४० भारतिय सैनिक मारिएका थिए । सो आक्रमणको जिम्मा जैश ए मोहम्मदले लिएको थियो । जैश ए मोहम्मद पाकिस्तानमा आधार बनाएर बसेको छ । जैश ए मोहम्मद समूहलाई पाकिस्तानले संरक्षण गरेको र भारतलाई आक्रमण गर्न प्रयोग गरेको आरोप भारतले लगाउँदै आएको छ । तर, यसलाई पाकिस्तानले खण्डन गर्दै आएको छ ।

त्यसकै बदलास्वरुप भन्दै भारतले पुलवामा आक्रमण लगत्तै पाकिस्तानमा रहेको जैश ए मोहम्मदको तालिम केन्द्रमा आक्रमण गरेको थियो । हवाइ आक्रमण गर्दै १००० किलो बमबारी गरेर जैश ए मोहम्मदको तालिम केन्द्र तहसनहस गरेको भारतको दाबी थियो । त्यस्तै आक्रमणमा ३०० भन्दा बढि आतकंवादीहरु मारिएको पनि भारतले दाबी गर्यो ।

घटना भनिएको स्थानको अध्ययन गरेर अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले कुनै हताहती नभएको र कुनै भवनहरु नभत्किएको बताएका थिए ।

त्यस लगत्तै पाकिस्तानले भारतको एक लडाकु विमानलाई जमिनमा खसालेर पाइलटलाई नियन्त्रणमा लिएपछि भारत पछि हट्न बाध्य भएको थियो । पाकिस्तानले भारतीय पाइलटलाई ससम्मान रिहा गरिदिएपछि तनाव केही मत्थर भएजस्तो देखिएको छ ।

तर भारतले नदिहरुको पानी बन्द गरेको घटनासँगै तनाव फेरि विकसित हुने सम्भावना कायमै देखिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी