प्रहरीको जनप्रतिनिधी र समुदायबीच चिया कार्यक्रम

मातृका पौडेल किर्तिपुर फागुन २६ , प्रहरीले मोरङको पथरीशनिश्चरे नगरपालिकामा जनप्रतिनिधिसहित स्थानीय समुदायसँग चिया कार्यक्रम सम्पन्न गरेको छ । नागरिक र प्रहरीबीच प्रत्यक्ष सम्बन्ध कायम गर्ने उद्देश्यसहित इलाका प्रहरी कार्यालय पथरीले चिया कार्यक्रम गरेको हो ।

प्रहरीसँग प्रत्यक्ष पहुँचको अभावका कारण समाजमा हुने घरेलु हिंसालगायतका बिसंगतीहरू बाहिर आउन नसक्दा समाजमा ठूलो अपराध निम्त्याउने खतरालाई दृष्टिगत गरी अपराध न्यूनीकरण र समुदायसँग सम्बन्ध स्थापना गर्न चिया कार्यक्रम सुरु गरिएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी निरीक्षक कमल बजगाईं ,प्रहरी चौकी शनिश्चरेका प्रहरी सहायक निरीक्षक टिका प्रसाद कोइरालाको उपस्थितिमा आइतबार पथरीथरीशनिश्चरे नगरपालिकाको वडा नं. ४ का जनप्रतिनिधिसहित किर्तिपुर बजारमा स्थानीय समुदायसँग चिया कार्यक्रम सम्पन्न भएको छ ।

पथरीथरीशनिश्चरे नगरपालिका वडा नं. ४ का वडाध्यक्ष गोविन्द भण्डारीले प्रहरी र समुदायबीच चिया कार्यक्रमले समाजले प्रहरी माथि हेर्ने दृष्टिकोण परिर्वतन हुने सँगै अपराध नियन्त्रणमा प्रहरीलाई सहयोग पुग्नुका साथै प्रहरीको यस्ता गतिविधिले समुदायका मनिसहरू प्रहरीसँग नजिक हुने र प्रहरी शत्रु नभई मित्र पनि हो भन्ने भावना पैदा हुने बताए ।

अभियानअन्तर्गत प्रहरीसँग प्रत्यक्ष पहुँच पुग्न नसकेका दलित, विपन्न तथा सुकम्वासी वस्तीहरूमा समुदायलाई भेला गरेर चियागफ गर्ने र कानूनी व्यवस्था बारे समाजमा जानकारी गराउँदै आएको निरीक्षक बजगाईंले बताए । यस्ता कार्यक्रम इलाका प्रहरी कार्यालय पथरीले यस अगीपनी अन्य १६ स्थानमा गरिसकेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी