ड्रेन तथा सडकको स्तरोन्नती कार्यको शिलान्यास

मोरङको पथरीशनिश्चरे ९ रिगुवास्थित सिहंबाहिनी माबी दक्षिणको सडकको स्तरोन्नती र ड्रेन निर्माण कार्यको आज शिलान्यास भएको छ ।

नगर प्रमुख दिलीपकुमार राई ,नगरपालिका कार्यकारी अधिकृत सुर्य प्रसाद गौतम वडाध्यक्ष भानुभक्त राईले संयुक्त रुपमा सडकको स्तरोन्नती र ड्रेन निर्माण कार्यको शिलान्यास गर्नुभएको हो ।

उक्त शिलान्यास कार्यक्रममा वडा सचिब टंक नेउपाने वडा सदस्यहरु कुरुक्षेत्र् नेपाल , निर्मला गदाल , खरेंद्र धिमाल र इन्द्रावती गुरुङ तथा स्थानीय  उपभोक्ताहरुको उपस्थिति थियो। सडकको स्तरोन्नती र ड्रेन निर्माण कार्यकोलागि नगरपालिकाबाट ३० लाख उपभोक्ताबाट ४ लाख ५० हजार हजार गरी जम्मा ३४ लाख ५० हजार रुपैयाँको लागतमा योजना सम्पन्न हुने उपभोक्ता समितिका अदक्ष्य श्याम चौहानले जानकारी दिए । करिब ९४५ मिटर बाटोको दुवैतर्फ ड्रेनको एकतर्फी वाल र सडकको स्तरोन्नती हुने छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी