चाणक्य नीति || ज्ञान भन्दा ठूलो अर्को कुनै गुरू हुँदैन ( भिडियो सहित )

चाणक्य नीति चाणक्यद्वारा नीति नियम सम्बन्धी अनेक कुराहरु लेखिएको ग्रन्थ हो । अरु कुनै ग्रन्थमा नपाइने विषयहरु रहेकाले यो पूरा विश्वभरमा पढ्ने गरिन्छ; यसमा आदर्श व्यवहार यथार्थको सुन्दर तरिकाले समन्वय गरिएको छ ।

चाणक्य नीति आचार्य विष्णुगुप्त चाणक्य वा कौटिल्य रचित नीति ग्रन्थ चाणक्य नीति दर्पण व्यावहारिक जीवनका लागि श्रेष्ठ मार्गदर्शक नीति मानिन्छ । यसमा बताइएका नीतिहरुको दैनिक जीवनमा कति व्यावहारिकता छ, त्यो कुरा सो ग्रन्थको अध्ययनले स्पष्ट गर्छ । यो ग्रन्थ नेपालका गुरुकुल पाठ्यक्रमको एक प्रमुख विषय हुने गर्थ्यो ।

चाणक्यले भनिएका कुराहरु जीवन्त हुने गर्दछ । उनले भनेका भनाईहरु आज पनि निकै अमुल्य रुपमा लिइने गरिन्छ । उनले मानिसको जीवन परिवर्तन गर्ने भनाईहरु भनेका छन । यहाँ उनले भनेका भनाईहरु मध्ये १२ भनाईहरु रहेका छन ।

– ज्ञान भन्दा ठूलो अर्को कुनै गुरू हुँदैन ।

– गुरू, मूर्ख, मित्र र स्वजनहरूसित बुद्धिमान व्यक्तिले व्यर्थ विवाद गर्नुहुदैन ।

– जो आरूको कल्याणको लागि काम गर्छ त्यही सत्पुरूष हो ।

– चन्द्रमाले जसरी उज्यालो दिन्छ त्यसै गरी सज्जनले प्राणामाथी दया गर्नुपर्दछ ।

– भोको भए पनि बाघले घास खादैन ।

– अधिक लोभ अधिपतनको कारण हो ।

– आफ्नो इच्छाअनुसारको नियम बनाउने शासक महान् अत्याचारी हो ।

– धनरहीत हुदैमा कसैलाई पनि निर्धन मान्न सकिदैन ।

– अपमान सहेर बाँच्नुभन्दा पैतलाको धुलो उत्तम हुन्छ ।

– सुन्दर रूप, तरूण अवस्था र मधुरता यी तीन रूप नारी जातिको ठूलो बल हो ।

– मानिस असल गुणले उत्तम हुन्छ न की उच्च आसनमा बसेर, महलको छानामा बस्दैमा काग गरूढ बन्छ र ?

– आफ्नी श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोष मान्नुपर्दछ ।

भिडियो हेर्नुहोस् :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी