जिरिखिम्तीको सडक शिलान्यास

पथरीशनिश्चरे, २० फागुन | मोरङको पथरीशनिश्चरे १० जिरिखिम्तीस्थित न्यू पूर्वेली होटल दक्षिणको सडकको स्तरोन्नती र ड्रेन निर्माण कार्यको आज शिलान्यास भएको छ ।

वडाध्यक्ष सागर राई, वडा सदस्य अनोज घिमिरे तथा स्थानीय ज्येष्ठ नागरिक इन्दिरा पोखरेल र कृष्णप्रसाद दहालले संयुक्त रुपमा सडकको स्तरोन्नती र ड्रेन निर्माण कार्यको शिलान्यास गर्नुभएको हो ।

जसका लागि नगरपालिकाबाट ४ लाख ८५ हजार, उपभोक्ताबाट ७५ हजार, जनश्रमदानबाट २३ हजार १ सय २३ गरी कुल ५ लाख ८३ हजार १ सय २३ रुपैयाँको लागतमा योजना सम्पन्न हुनेछ । जसबाट पश्चिमतर्फ २३ मिटर लम्वाईको ड्रेनको एकतर्फी वाल र पूर्वतर्फ १ सय ४८ मिटर लम्वाईको ड्रेनको दुवैतर्फको वाल र सडकको स्तरोन्नती हुने उपभोक्ता समिति अध्यक्ष पुण्यप्रसाद सुवेदीले जनाउनु भयो ।

अघिल्लो वर्ष नगरपालिकाको बजेटमा त्यसभन्दा उत्तरसम्म आएको ड्रेन र सडक स्तरोन्नतीको योजनामा जोडेर यसपाली बाँकी दक्षिणतर्फ योजना थप गरिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी