विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिलाको बायोपिकमा आलिया

बलिउड अभिनेत्री आलीया भट्ट विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिलाको बायोपिकमा अभिनय गर्न लागेकी छिन् । अरुणिमा सिंहाले आफ्नो करिअरको विषयमा एक किताब प्रकाशित गरेकी छिन् ।

अरुणिमा सिंहाको बायोपिकका लागि आलिया तयार भएकी हुन् । ‘बर्न एगेन टु दि माउन्टेन’ नामक उक्त किताबमा उनले आफ्नो जीवन संघर्ष उतारेकी छिन् । यो किताब अहिले आलियाले पढिरहेकी पनि छिन् ।

यो चलचित्रले आलियाको करिअरलाई धेरै सहयोग गर्ने अनुमान सुरु भइसकेको छ । चलचित्रको लागि आलियाले पनि भरपूर मिहिनेत गर्नेछिन् । खबरका अनुसार निर्माण युनिट र आलिया बीच औपचारिक सम्झौता भने हुन बाँकी नै छ । तर, चलचित्रको विषयलाई लिएर आलिया सकरात्मक छिन् । चलचित्रको छायांकन २०२० मा गरिने बताइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी