वडा नम्बर ९ पथरीमा जारी वडा कप फुटबल प्रतियोगितामा बिजयी

पथरीशनिश्चरे नगरमा जारी चौथो नगर वडा कप नक आउट फुटबल प्रतियोगितामाको खेलमा वडा नम्बर ९ विजयी हुँदै दोस्रो चरणमा प्रवेश भएको छ ।

आइतबार पंचायत माविको खेलमैदानमा वडा नम्बर ४ लाई १–३ गोलको अन्तरले वडा नम्बर ९ विजयी भएको हो । वडा नं. ९ ले खेलको दोस्रो हाफको ३३ औ मिनेटमा दिपेश धिमाल, ३७ औं मिनेटमा विनोद राई र ४७ औँ मिनेटमा घनश्याम चौहानले गोल गरेका थिए ।

त्यसैगरी वडा नम्वर ४ का तर्फवाट खेलको ५५ औ मिनेटमा राहुल क्षेत्रिले सान्तवना १ गोल गरेका थिए । खेलकोे म्यान अफ द म्याच वडा नम्वर ९ का दिलिप धिमाल घोषित भए । धिमालले नगद १ हजार ५ सय र ट्रफि हात पारेका छन् भने म्यान अफ दि म्याचको पुरस्कार राष्ट्रिय फुटवल खेलाडी दिपक राईले प्रदान गरेका थिए ।

सोमवारको खेल साविक विजेता वडा नम्बर १ र १० बीच हुने खेल संयोजक विक्की राईले बताएका छन् । बुद्ध युथ क्लबको आयोजनामा संचालन भैरहेको प्रतियोगिताको बिजेता वडाले नगद ५१ हजार र उपबिजेताले ३१ हजार नगद , ट्रफी र मेडल प्राप्त गर्ने छ ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर , उत्कृष्ट फर्वाड, उत्कृष्ट खेलाडी, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने आयोजक क्लवका अध्यक्ष मदन राईले बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी