पथरीशनिश्चरे नगरपालिकाले ५० प्रतिशत अनुदानमा १० वटा हाते पावर टिलर वितरण

मोरङको पथरीशनिश्चरे नगरपालिकाले आज नगरका लाई खेत जोत्ने १÷१ वटा हाते पावर टिलर वितरण गरेको छ ।


नगरको कृषि क्षेत्रको बजेटमार्फत ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत ल्याइएको पावर टिलरलाई एक कार्यक्रमकाबीच नगर प्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा वितरण गरिएको हो । प्रति पावर टिलर ८० हजारको लागतमध्ये ४० हजार नगरपालिकाले व्यहोरेको छ ।


वडा नम्वर १ को पथरी कृषि सहकारी, २ को चौतारी सामाजिक उद्यमी महिला समूह, ३ को सूचारु कृषि सहकारी, ४ को सीता हमालको समूहलाई वितरण गरिएको छ । त्यसैगरी, वडा नम्वर ६ को जनचेतना तरकारी कृषक समूह, ७ को चेतना कृषक समूह र चभत्लुङ कृषि सहकारी, ९ को कुशेचौरी कृषि समूह र चाम्लिङ कृषि फर्मले पावर टिलर प्राप्त गरेको कृषि शाखाका प्राविधिक सावित्रा कार्कीले जनाइन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी