आफ्नो लाइभ कन्सट लिएर अनुप्रस्थ व्याण्ड पथरी आउदै

मोरंगको मोरङको पथरीशनिश्चरे नगरपालिकामा लागू औषध दुर्व्यसन बिरुद्द कार्य गरिरहेको अलाइभ फाउन्डेसनले स्प्राइट व्याण्ड च्यालेन्जमा उत्कृष्ट बनेको लोकप्रिय व्याण्ड अनुप्रस्थलाई पथरी ल्याउने  भएको छ।

नाच न मैच्याङ्ग नेपाल टुर अन्तर्गत सो ब्याण्ड फागुन २३ गते बिहिवार पथरी आउने भएको हो। नेपालले संयोजन गरेको पथरीको कार्यक्रममा सम्पुर्ण संगितप्रेमी युवायुवतीहरुको उपस्थिति रहने फाउन्डेसनका अध्यक्ष बिपिन गुरुङले बताए। say no to drugs ( लागू औषध लाई नाई भन) मुल नाराको साथमा लागू औषध दुर्व्यसन बिरुद्द सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको यश संस्थाले नशा बिनाको जीवन सुन्दर रहने संदेश दिन यश सांगीतिक कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक भरत राईले बताए।

पथरीशनिश्चरे २ मा रहेको सिन भिलेज पार्टी प्यालेसमा हुने कार्यक्रममा अनुप्रस्थको अलावा तिमी मेरि दिल हिरा बोलको गितबाट सबैको मन जितेका स्थानिय गायक रविन कङ्दङ्वा, बिकम बारुलो जस्ता कर्णप्रीय गित दिएका देव गुरुङ्ग लगायतको समेत प्रस्तुति रहने अर्का संयोजक रोशन मादेम्वाले बताए।

कार्यक्रमबाट संकलित रकम दुर्व्यसनमा फसेर आर्थिक अभावमा सुधार गृह जान नसकेका युवायुवतीलाई सुधार गृहमा गइ नयाँ जीवन दिनमा खर्च गरिनुका साथै लागुऔषध दुर्व्यसन बिरुद्द सचेतना मुलक कार्यमा खर्च गरिने आयोजकले आज सिन भिलेज पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो। कार्यक्रमको संयोजनमा द रियल ब्रोदर सोसियल इभेन्ट्को पनि सहकार्य रहेको बताइएको छ। फागुन २३ गते हुने सो कार्यक्रममा करिव ४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी