‘पुरानो बुलेट’ को च्यारिटी सो हुने

पथरीशनिश्चरे । नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’को च्यारिटी सो हुने भएको छ ।

क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्र ‘पुरानो बुलेट’ को फाल्गुन २० सोमबार पथरी स्थित कञ्चन चलचित्र मन्दिरमा प्रदर्शन गर्न लागिएको हो । दिउँसो २ बजेको सो मा पुरानो बुलेटको च्यारिटी सो हुने पुरानो बुलेटका प्रतिनिधीले बताए ।

चैत्र १ गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको यस चलचित्र नेपालमा लागिसकेपछि अन्य देशहरुमा पनि प्रदर्शन गरिने कार्यकारी निर्माता सन्तोष राईले जानकारी दिए ।

कार्यकारी निर्माता राईका अनुसार हङकङ लगायत अन्य मुलुकहरु अमेरिका, अष्ट्रेलिया, युके, कोरिया, जापान, फ्रान्समा पनि पुरानो बुलेटको प्रदर्शन हुनेछ ।

चलचित्रमा मेल लिड रोल अनुप विक्रम शाहीले सम्हालेका छन् भने उनलाई बर्षा शिवाकोटी र माला लिम्बुले साथ दिएका छन् । यस्तै शिव मुखिया, कविता आले मगर, कृष्णभक्त महर्जन, बारत लिम्बु, शिरोमणि दवाडी, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता, लगायतको अभिनय रहेको छ । भीषण राईद्वारा निर्देशित यस चलचित्र सन्तोष राई, अशोक कुमार राई, विरेन साम्बा, टिकाराम राई र दिपेन लिम्बुले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रलाई हरि घले लामाले खिेचका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी