पथरीमा जारी वडा कप फुटबल प्रतियोगितामा वडा नम्बर ६ लाइ पाखा लगाउदै वडा नम्बर ८ बिजयी

मोरङ्गको पथरी शनिश्चरे नगरपालिकामा जारी चौथो नगर वडा कप नक आउट फुटबल प्रतियोगितामा हिजोको खेलमा वडा नम्बर ८ ले जित दर्ता गरेको छ।

वडा नम्बर ६ लाई सुन्यको विरुद्ध २ गोल लगाउँदै वडा नम्बर ८ दोस्रो चरणमा प्रवेश गरेको हो । पञ्चायत मावीको खेल मैदानमा सम्पन्न खेलमा दोस्रो हाफको ६२ औं र ७१ औँ मिनेटमा पञ्चलाल नुनिया र सौरज राउतले गरेको समान १-१ गोल नै जितको लागि पर्याप्त भएको हो। आजको खेलको म्यान अफ द म्याज पञ्चलाल नुनिया घोषित भए ।

आइतबारको खेल वडा नम्बर ९ र ४ बीच हुने खेल संयोजक विक्की राईले बताएका छन् । बुद्ध युथ क्लबको आयोजनामा संचालन भैरहेको प्रतियोगिताको बिजेता वडाले नगद ५१ हजार पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्ने छ भने उपबिजेता बन्ने वडाले ३१ हजार नगद , ट्रफी र मेडलमा चित्त बुझाउनु पर्ने छ। प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर , उत्कृष्ट फर्वाड, उत्कृष्ट खेलाडी , उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने आयोजक क्लवका अध्यक्ष मदन राईले बताए।

बिधागत बिजेताहरुले जनहिं २५ सय रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन भने प्रत्येक दिनको मेन अफ द म्याचले १५ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ। प्रतियोगितामा नगरपालिका भित्रका १० वडाको सहभागीता रहने छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी