पथरीशनिश्चरे वडा न. ९ का जनप्रतिनीधीहरुले फुटबल क्लबलाई जर्सी प्रदान

मातृका पौडेल ,शनिश्चरे – मोरङको पथरीशनिश्चरे नगरपालिका वडा न. ९ का स्थानीय जनप्रतिनीधीहरुले फुटबल क्लबलाई खेल सामाग्री सहयोग गरेका छन् । पथरीशनिश्चरे नगरपालिका वडा न.९ मा रहेको शनिश्चरे फुटबल क्लबलाई जनप्रतिनीधी हरुले आफ्नो व्यक्तिगत खर्चबाट १६ थान जर्सी प्रदान गरेका हुन् ।

वडामा रहेका फुटबल प्रेमी युवा हरुको हौसला बडी फुटबल क्षेत्रमा अगाडी बड्ने प्रेरणा मिलोस भन्ने उदेश्यका साथ प्रधान गरिएको वडा अध्यक्ष भानुभक्त राईले बताए ।

उक्त कार्यमा “पथरीशनिश्चरे नगरपालिका वडा न.९ का जनप्रतिनीधीहरु वडा अध्यक्ष भानुभक्त राई लगायत सदस्य कुरुक्षेत्र नेपाल, निर्मला गदाल, नगेन्द्र धिमाल, ईन्दावती गुरुङको उपस्थितिमा भएको थियो । खेलकुदमा देखाउनु भएको उहाँहरुको सहयोग र चासोले खेलप्रेमी युबाहरुको खेलप्रती उत्साह थपेको पथरीशनिश्चरे वडा न. ९ का खेलकुद संयोजक अर्जुन राईले बताउछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी