चौथो नगर वडा कप नक आउट फुटबल प्रतियोगिता सुरु

मोरङ्गको पथरीशनिश्चरेमा  चौथो नगर वडा कप नक आउट फुटबल प्रतियोगिता सुरु भएको छ ।  पञ्चायत माविको खेल मैदानमा एक कार्यक्रमकाबीच २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईंले प्रतियोगिताको उद्घाटन् गरेका छन् ।

उद्घाटन् खेलमा ५ नम्वर वडाले जित हाँसिल गरेको छ । ३ नम्वर वडासँगको प्रतिष्पर्धामा निर्धारित समयमा १–१ गोलले खेल बराबरी भएपछि गरिएको टाइब्रेकरमा पनि बराबरीमै अल्झिएको थियो । सडकन डेथमा ६–५ गोलले ५ नम्वरले जित निकाल्यो । आजको खेल, वडा नम्वर ६ र ८ बीच हुने छ । बुद्ध युथ क्लबको आयोजनामा सातौं संस्करणको प्रतियोगिता नगर वडा कपतर्फ भने चौथो रहेको प्रतियोगिता संयोजक बिक्की राईले बताए ।

नगरमा रहेका खेलप्रेमी युवाहरुलाई लागू औषध दुव्र्यसनीबाट टाढा राखी स्वस्थ जीवन बिताउन अभिप्रेरित गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको उनले जनाए । फागुन २५ गते सम्पन्न हुने प्रतियोगितामा नगरभित्रका १० वडाका १० टिमको सहभागिता रहने छ । जसको विजेताले नगद ५१ हजार पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्ने छ भने उपविजेताले ३१ हजार नगद, ट्रफी र मेडल प्राप्त गर्ने छ । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फर्वाड, उत्कृष्ट खेलाडी ,उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने आयोजक क्लवका अध्यक्ष मदन राईले जनाए ।

विधागत बिजेताहरुलाई २ हजार ५ सय रुपैयाँ र ट्रफी तथा प्रत्येक दिनको मेन अफ द म्याचले १ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छन् । मेन अफ द म्याचको पुरस्कार पथरीशनिश्चरे १ मा भर्खरै खुलेको सिक्का लञ्ज एण्ड बारले प्रायोजन गरेको छ । दोश्रो नगद पुरस्कार भनें पथरीशनिश्चरेका ब्रीटिस आर्मीमा आवद्ध खेल प्रेमीहरुले गरेका छन् । प्रथम पुरस्कारको ट्रफी पथरी शनिश्चरे २ को वाल्मीकि मेमोरियल स्कुलले प्रायोजन गरेको छ । प्रतियोगितामा ६ लाख बराबरको खर्च हुने आयोजकको अनुमान छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी