एभरेष्ट आर्ट फ्यूजनले सुरु गर्यो सेरामिक तालिम

मोरङको पथरीशनिश्चरेमा कला साहित्य क्षेत्रमा क्रियाशील एभरेष्ट आर्ट फ्यूजनले माटोका सजावट सहित दैनिक उपभोग्य सामग्री निर्माण गर्ने १ महिने निःशुल्क तालिम आजबाट सुरु भएको छ ।


नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र काठमाडौंको सहयोगमा सञ्चालन हुने १ महिने ‘ह्विल थ्रोइङ सेरामिक तालिम’ को फरक ढंगले उद्घाटन् गरेकी छन् । तालिमका प्रशिक्षक कवि प्रजापतिले तत्कालै तयार गरेको माटोको पानसमा तेल हालेर बत्ती बाल्दै गरेको कार्यक्रम उद्घाटन् शैली सृजनात्मक भएको बताउँदै वास्तोलाले एभरेष्ट आर्टले नगरलाई देशमै चिनाउन सकेकोमा गर्व महसुस भएको जनाइन् । नगरले यसखाले सृजनात्मक गतिविधिमा सधैं सघाउने वचन दिँदै कलात्मक सामान उत्पादन गरेर युवाहरुलाई व्यवसायिक वन्न शुभकामना दिइन् ।

कार्यक्रममा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख लालकाजी लामा, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईंले एभरेष्टको गतिविधिले युवा पुस्तालाई सृजनशील बनाउँदै लगेको जनाए । फ्यूजनका क्रियाशीलहरुले स्थापना गरेको पथरी सेरामिक उद्योगमा नगरका इच्छुकहरुका लागि त्यसप्रकारको तालिमको आयोजना गरिएको फ्यूजनकी संस्थापक अध्यक्ष सरोजा खड्गीले बताइन् । कवि प्रजापति र सम्शेर प्रजापतिले सहजिकरण गर्नुहुने तालिममा प्रत्येक वडाबाट ३,३ जनाका दरले ३० जनाको सहभागिता रहने छ ।

सेरामिक उद्योगका सञ्चालक पूर्णकुमार राई सन्तोषले औचित्य प्रष्ट्याएको कार्यक्रम नवनिर्वाचित अध्यक्ष षडानन्द सुवेदी निश्चलको अध्यक्षतामा सम्पन्न भयो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी