काठमाडौ आइपुगो पर्यटन मन्त्री अधिकारीसहितको सातै जनाको शव

दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव ताप्लेजुङबाट काठमाडौ ल्याइएको छ ।


त्रिभुवन विमानस्थलबाट उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालतर्फ लगिएको छ । नेकपाका नेता कृष्णगोपाल श्रेष्ठका अनुसार अधिकारीको शव काठमाडौं ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ ।
त्यसपछि श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखिने छ । पार्टी कार्यालयमा नेता, कार्यकर्ता र सुभचिन्तकहरुले अधिकारीलाई श्रद्धान्जली दिने व्यवस्था मिलाएको नेकपाले जनाएको छ । त्यसपछि समय रहेसम्म काठमाडौंको खुलामञ्चमा समेत अधिकारीको शव सम्मानका राख्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

अधिकारीसहितको शव सुकेटार विमानस्थलबाट सेनाको हेलिकोप्टरमार्फत काठमाडौ ल्याएको हो । शव लिन सेनाको हेलिकोप्टर बुधबार नै सुकेटार विमानस्थल पुगेको थियो । तर, मौसमका कारण उड्न सकेको थिएन ।

यसैवीच मन्त्री अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमै लगेर गरिने भएको छ । कास्की क्षेत्र नं २ बाट संघीय संसदका लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिएका छन् । अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषदले निर्णय गरिसकेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी