ताप्लेजुङमा लगातार हिमपात, शव ल्याउन कठिन

खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको शव ताप्लेजुङबाट काठमाण्डौ ल्याउन ढिलाई भएको छ ।

ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र धेरै क्षेत्रमा कुहिरोले ढाकिरहेको छ । प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाण्डौ पठाउने तयारी छ।

अहिले शव सुकेटार विमानस्थलमा राखिएको छ । सुकेटार विमानस्थलमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण हुन नसक्ने ठहर गर्दै काठमाण्डौ पठाउने निर्णय गरेको छ ।

बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटना हुँदा सबै सातजनाको निधन भएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी