सन्दीपले पीएसएलमा गरेको बलिङ टी–ट्‍वान्टी करियरकै उत्कृष्ट

नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) मा गरेको प्रदर्शन उनको टी–ट्‍वान्टी क्रिकेट करियरमा हालसम्मकै उत्कृष्ट प्रदर्शन बनेको छ।

बुधबार पीएसएल आफ्नो तेस्रो खेल खेलेका सन्दीपले आफ्नो लेगस्पीनको जादु देखाउँदै ४ ओभर बलिङ गर्दा जम्मा १० रन खर्चेर ४ विकेट लिन सफल भए। विश्वकै उत्कृष्ट क्रिकेटरहरु सहभागी भएको कुनै पनि टी–ट्वीन्टी क्रिकेट प्रतियोगितामा २.५ को इकोनोमीमा बलिङ गरी, ४ विकेट लिनुसक्नु निकै दुर्लभ प्रदर्शन हो।

पाकिस्तानी सुपर लिगमा सन्दीप लाहोर क्वालान्डर्सबाट खेलिरहेका छन् बुधबार उनको टोलीले लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको क्वेटा ग्लाडियटर्ससँग प्रतिस्पर्धा गरेको थियो। क्वेटाका लागि पाकिस्तानी युवा क्रिकेटर असन अली र विस्फोटक ब्याटिङ गर्ने अस्टे्रलियन अलराउन्डर शेन वाट्सको ओपनिङ जोडी क्रिजमा थिए।

असन अलीले तेस्रो ओभरमा २० रन प्रहार गरी लाहोरका बलरलाई डोमिनेट गर्ने संकेत देखाइसकेका थिए। ३ ओभरमा ३१ रन बनेको थियो। यस्तो दबाबपूर्ण अवस्थामा चौथो ओभर बलिङ गर्न आएका सन्दीपले ओभरको चौथो बलमा वाट्सनलाई एलबिडब्लु धरापमा पारी पेभिलियन पठाइदिए। यस ओभरमा जम्मा ३ रन दिए।

त्यसपछि छैटौ ओभरको पहिलो बलमै दक्षिण अफ्रिकी खेलाडी रोस्सोलाई क्याच आउट गराएका उनले यसै ओभरको अन्तिम बलमा उमर अकमललाई बोल्ड गरी तेस्रो विकेट लिन सफल भए। सातौँ ओभरको तेस्रो बलमा डेनिस अजिजलाई क्याच आउट गराई व्यक्तिगत चौथो विकेट लिएका थिए।

सन्दीपले एकपछि अर्काे गर्दै ४ विकेट लिएपछि उत्कृष्ट सुरुवात गरेको क्वेटाका कुनै व्याट्म्यानले खेललाई फर्काउन सकेनन्। क्वेटा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो। लाहोरले यो खेल ८ विकेटले जित्यो। सन्दीप यस खेलका ‘प्लेयर अफ दी म्याच’ भए।

सन्दीपले टोलीले खेलेका ६ खेलमध्ये पछिल्ला तीन खेलमा सहभागी भए। ३ खेल खेल्दा उनले ८ विकटे लिइसकेका छन्। उनले यस प्रतियोगितामा धेरै विकेट लिनेको सूचीमा पाचौं स्थानमा आफूलाई उभ्याइसकेका छन्।

एक इनिङमा उत्कृष्ट बलिङ गर्ने बलरको सूचीमा भने सन्दीप पहिलो नम्बरमा छन्। यसको मतलब सन्दीपले बुधबार गरेको बलिङ नै पीएसएल यस सिजनको अहिलेसम्मको सबैभन्दा राम्रो बलिङ हो। बलिङतर्फ समग्रमा उत्कृष्ट प्रदर्शन गर्नेको सूचीमा पाकिस्तानका हसन अली पहिलो र सन्दीप दोस्रो स्थानमा छन्।

पीएसएलको डेब्यु खेलमा उन्दीले ३ विकेट लिएका तर त्यो खेलमा गरेको बलिङ उनको करियरकै महंगो बलिङ बनेको थियो। उनले ४ ओभरमा ४६ रन दिएका थिए। दोस्रो खेलमा ४ ओभरमा १ विकेट लिएर २० रन मात्रै दिँदै बलिङ इकोनोमी सुधार गरेका उनले तेस्रो खेलमा टी–ट्‍वान्टी करियरकै उत्कृष्ट बलिङ गर्न सफल भए।

गतसालको इन्डियन प्रिमियर लिग (आईपीएल) मा मौका पाएपछि सबैजसो विदेशी लिगमा सन्दीपले खेल्ने अवसर पाएका छन्। आईपीएलपछि उनले टी–ट्‍वान्टी फर्म्याटका लिगमा क्यानडा प्रिमियर लिग, क्याराबिन प्रिमियर लिग, बिग बास लिग, अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग खेलिसकेका र हाल पाकिस्तानी खेलिरहेको पाकिस्तानी सुपर लिगसहित १ वर्षभित्र ७ विदेशी लिगमा खेल्ने अवसर प्राप्त गरे। त्यसबाहेक उनले गत नोभेम्बर यूएईमा भएको सबैभन्दा छोटो फर्म्याटको क्रिकेट टी–१० लिग पनि खेले। यो समाचार आजको अन्नपूर्ण पोस्ट बाट लिएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी