चर्चित गायिका मेलिना राई र देवेनको आजको दिन रमाईलो गरौं न एकैछिन सार्वजनिक (भिडियो सहित)

चर्चित गायक देवेन चेम्जोङ र गायिका मेलिना राईको स्वरमा बहुप्रतिक्षित गीत ‘आजको दिन रमाईलो गरौं न एकैछिन’ को भिडियो सार्वजनिक भएको छ ।

गायक देवेनले आफ्नो गायन क्षेत्रकै सर्वाधिक हिट हुने आशा राखेको यो गीतको भिडियो बुढासुब्बा डिजिटल प्रालिबाट प्रिमियर गरिएको हो । भिडियोमा पुनम लिम्बू,बिनम चेम्जोङ, अषिस राई, अलिशा चेम्जोङ लगायत ४० जनाले अभिनय गरेका छन् ।

गीतमा दुईदिनको जिन्दगीमा रमाईलो गरौं भोली भेट होला नहोला,समयले काहाँ पुर्याउला भन्ने भन्ने आशय ब्यक्त गरिएको छ । मेलिना र गायक देवेनको युगल गायन एकदमै जमेको पाइएको छ । डान्सीङ नम्बरको गीत भएको कारण पनि एकदमै आशाबादी रहेको गायक देवेनले बताएका छन् । गायक देवेनकै शब्द रहेको गीतको भिडियो अर्जुन मुसहाङले गरेका हुन् । पूर्वी नेपालको पर्यटकिय स्थल धनकुटाको राजारानीमा छायाँङ्न गरिएको गीतको भिडियो नारायण जिसिले खिचेका हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी