टी–२० महिला विश्वकप एसिया छनोट : नेपाल कसिलो बलिङ गर्दै

१२ फागुन, पथरी शनिश्चरे । आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा अहिले नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

अहिले समाचार तयार पार्दासम्म हङकङले १०.५ ओभरमा ४ विकेट गुमाएर ३१ रन मात्रै बनाएको छ । नेपालका लागि तिनै विकेट नेरी थापाले लिएकी हुन् । उनले २.३३ को इकोनोमी राख्दै २.५ ओभर बलिङ गर्दा ४ विकेट लिएर ७ रन मात्रै दिएकी छन् ।

थाइल्यान्डको बैंककमा अहिले नेपालले आफ्नो चौथो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्न थालेको हो । यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित हुदा तेस्रो खेलमा भने नेपालले यूएईलाई सात विकेटले पराजित गर्न सफल भएको थियो ।

हङकङलाई पराजित गर्दै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावनालाई कायमै राख्ने दाउमा नेपाल रहेको छ ।

अहिले नेपाल अंक तालिकाको चौथो स्थानमा छ । नेपालले तीन खेलमध्ये एक खेलमा हार र दुई खेलमा जित हात पार्दै ४ अंक बनाएको छ । यता, शीर्ष स्थानमा रहेको थाइल्यान्डको भने ६ अंक छ । त्यस्तै, दोस्रो स्थानमा रहेको यूएईको पनि ६ अंक रहंदा तेस्रो स्थानमा रहेको चीनको पनि ६ अंक छ ।

अब नेपालले २५ तारिखमा चीनसँग खेल्ने छ भने अन्तिम खेलमा कुवेतसँग २७ फेब्रुअरीमा खेल्दैछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी