चौथो नगर वडा कप नकआउट फुटबल प्रतियोगिता फागुन १७ गते देखि सुरु हुने

मातृका पौडेल फागुन ११ पथरी , / यहि फागुन १७ गते देखि मोरङ्गको पथरीशनिश्चरे नगरपालिकामा चौथो नगर वडा कप नक आउट फुटबल प्रतियोगिता हुने भएको छ।

प्रथम पुरस्कार राशी ५१ हजार सहितको नगरकप फुटबलको आयोजना पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २ स्थित बुद्ध युथ क्लबले गर्ने जानकारी आज पत्रकार सम्मेलन गरेर दिएको छ। क्लबको आयोजनामा हुने सातौं संस्करणको प्रतियोगिता भएपनि नगर वडाकप तर्फ भने यो प्रतियिगिता चौथो रहेको संयोजक बिक्की राईले बताएका छन।


नगर भित्रका रहेका १० वडाको सहभागीता रहने यस प्रतियोगिताको बिजेता टिमले नगद ५१ हजार पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्ने छ भने उपबिजेता बन्ने टिमले नगद ३१ हजार , ट्रफी र मेडल प्राप्त गर्ने छ । दोश्रो नगद पुरस्कारको प्रायोजन पथरी शनिश्चरेका ब्रीटिस आर्मीमा आवद्ध खेल प्रेमीहरुले गरेका छन । प्रतियोगितामा उत्कृष्ट मिड फिल्डर ,उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फर्वाड,उत्कृष्ट गोलकिपर, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले जनही २५ सय रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन भने उत्कृष्ट खेलाडीले ३५ सय रुपैयाँ र ट्रफी प्राप्त गर्ने आयोजक क्लवका अध्यक्ष मदन राईले बताए।

त्यसै गरि प्रत्येक दिनको खेलका मेन अफ द म्याचले १५ सय रुपैयाँ प्राप्त गर्ने छन् उक्त पुरस्कार पथरी शनिश्चरे १ मा रहेको सिक्का लञ्ज एण्ड बारले प्रायोजन गरेको आयोजकले बताएका छन। त्यसै गरि प्रथम पुरस्कारको ट्रफी पथरी शनिश्चरे २ को वाल्मीकि मेमोरियल स्कुलले गरेको आयोजकले बताए।
उक्त खेल पथरीशनिश्चरे १ मा रहेको पञ्चायत माध्यमिक बिधालयको खेल मैदानमा हुने छ भने प्रतियोगितामा ६ लाख बराबरको अनुमानित खर्च हुने आयोजकले बताएका छन।
नगरमा रहेका खेलप्रेमी युवाहरुलाई लागू औषध दुर्व्यसनी बाट टाढा राखी स्वस्थ जीवन बिताउन अभिप्रेरित गर्ने मुख्य उदेश्यले प्रतियोगिताको आयोजना गरिएको खेल संयोजक राईले बताए।


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी