बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक ( भिडीयो सहित )

क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्र ‘पुरानो बुलेट’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो ।

चैत १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘पुरानो बुलेट’को ट्रेलरमा पुर्वका एक युवक प्रताप (अनुप विक्रम शाही)को जिवनमा आउने अनेकौ उतरचढावमा आधारित छ । चलचित्रको ट्रेलरमा एक्सन, प्रेम, रोमान्स, रोदन र कमेडी समग्र रुपमा समेटिएको छ ।

यसका साथै ट्रेलरमा अनुपको बाइक स्टन्टपनि देख्न सकिन्छ । ट्रेलरमा अनुप र वर्षालाई ’बुलेट राजा’, ’बुलेट रानी’को रुपमा परिचय गराइएको छ ।

पत्रकारीतामा लामो समयदेखी काम गरिरहेका भिषण राईको निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा प्रयोग गरिएका संवाद्ध र ठेट पुर्वेलि शब्दहरु दर्शकलाई नौलो लाग्न सक्छ । समग्र ट्रेलर हेर्दा नव–निर्देशक भिषणको काम तारिफयोग्य रहेको छ ।कार्यकारी निर्माता सन्तोष राई र निर्देसक भिषण राईको कथा रहेको यस चलचित्रलाई अशोक कुमार राई, विरेन साम्बा, टिकाराम राई र दिपेन लिम्बुले संयुक्त रुमा निर्माण गरेका हुन् ।

यस चलचित्रमा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोक कुमार राई,मातृका पौडेल, टिका राम राई लगायत कलाकारहरुको अभिनय रहेको छ ।


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी