बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक हुने

क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज दिउसो सार्वजनिक हुने भएको छ ।


दिउसो १ः३० बजे Qus Cinema,Rising Mall काठमाडौंमा सार्वजनिक हुन लागेको निर्माण पक्षले जनाएको छ ।
फिल्ममा अनुप विक्रम शाहि,वर्षा शिवाकोटी र माला लिम्वु ,शिव मुखिया, कृष्णभक्त महर्जन, कविता आले, शिरोमणि दवाडी, बारत लिम्बु, बादल श्रेष्ठ, करण धिताल, लक्षणा राई ,मात्रिका पौडेल लगायतको अभिनय रहेको छ । हरि घले लामाले खिचेको यस फिल्मका निर्माण नियन्त्रण याम वलीले सम्हालेका थिए ।

निर्देशक भीषण राई र कार्यकारी निर्माता सन्तोष राईको कथा रहेको यस चलचित्रलाई अशोक कुमार राई, विरेन साम्बा, टिकाराम राई र दिपेन लिम्बुले संयुक्त रुमा निर्माण गरेका हुन् ।

केहि समय अगाडी रिलिज भएको लोकप्रिय गित “असार १५ मा दहि चिउरा वोललाई youtube मा दर्शकहरुले अत्याधिक रुचाएका थिए । फिल्म आगामी चैत १ गते अल नेपाल रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी