बाल नमुना विद्या मन्दिरको नवनिर्मित भवनको उद्घाटन

सरस्वती पुजाको अवसर पारेर मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १० मा स्थापित बाल नमुना विद्या मन्दिरले आफ्नो नवनिर्मित भवनको उद्घाटन गरेको छ। वडा नम्बर १० को नमुना चौकमा संचालन भैरहेको बिधालयले साविकको स्थान बाट करिव ५०० मिटर पुर्व नवनिर्मित भवन उद्घाटन सँगै पठनपाठन सोही भवनबाट शुरु गरेको छ।


नवनिर्मित भवनको उद्घाटन गर्दै विद्यालय संचालन समितिका अध्यक्ष विरबहादुर घिमिरेले ३ करोड रुपैयाँको वृहत् योजना सहित भवनको निर्माण गरेको बताएका छन।

२०५२ सालमा स्थापना भएको सो बिधालयमा हाल कक्षा–७ सम्म पढाई भइरहेको छ। पथरीशनिश्चरे नगरपालिकाका १७ जना शिक्षा प्रेमीको सामुहिक लगानीमा पुर्ण नयाँ व्यवस्थापन सहित संचालन भैरहेको सो बिधालयमा निरन्तर कक्षा थप गर्दै जाने योजना रहेको संचालकहरुले बताएका छन।

चिल्ड्रेन पार्क, प्ले स्टेसन, स्विमिङ पूल तथा सम्पूर्ण खेल अनुसारको ग्राउण्ड ब्यवस्थापन लगायतको योजना सहित भवनको निर्माण गरिएको बिधालयका प्रधानाध्यापक सरोज तिम्सिनाले बताए।

भवन उद्घाटनको अवसरमा विद्यालयमा बाल रोग विशेषज्ञ डा. रुपेश सिंहको प्राविधिक सहयोगमा ३० जना वालवालिकाको स्वास्थ्य परिक्षण समेत गरिएको थियो । सोहि अवसरमा विधालयमा सिद्धार्थ बैककोे शुन्य मौज्दातमा खाता सञ्चालनमा ३० जना अभिभावकहरुले खाता खोलेका थिए ।


सरस्वती पुजाकै अवसरमा अक्षरारम्भ कार्यक्रमको आयोजना गर्दै सोही दिन ३० जना बालबालिका नयाँ भर्ना गरिएको प्रधानाध्यापक तिन्सिनाले बताए। उनले बाल मनोबैज्ञानिक तरिका साथै मल्टीमिडिया बाट पठनपाठन हुने समेत बताएका छन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

स्नातकोत्तर तह (एमएड) को कक्षा संचालन गर्दै पथरी बहुमुखी क्याम्पस

रमाइलो स्थित जेनिथ इङ्लिस स्कुलले भव्यताका साथ ९ औँ वार्षिक उत्सव गर्ने

प्रधानमन्त्रीको काँग्रेस सांसदलाई व्यग्य : नेपालीलाई लुटेर खान सिकाउने गीत यूटूवमा राख्नु पर्छ

नगर खेलकुद समितीका सदस्य अर्जुन राई द्वारा फुटबल हस्तान्तरण

प्याराडाइजले भव्यताका साथ मनायो १५ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश

कडा चेतावनी दियो पाकिस्तानले भारतलाई : आधारहिन आरोप पाकिस्तानका लागि स्वीकार्य नहुने

भेनेजुएला युरोपेली सांसदहरुलाई देश निकाला गर्दै भेनेजुएला

बारा जीप दुर्घटनाका परि घाइते भएका प्रमुख जिल्ला अधिकारी भट्टराईको मृत्यु