किरात राई यायोक्खा मोरङको सोमबार पथरीमा भएको छैठौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रम लाई सम्वोधनगर्दै प्रदेश नम्वर १ का मुख्य मन्त्रि शेरधन राईले आगामी फागुन सम्ममा सवैको भावनालालई समेटेर प्रदेशको नाम र स्थायि राजधानीको न्वारान गरिने वताएका छन् ।
गत माघ २० गतेदेखि चलिरहेको हिउँदे अधिवेशनले फागुन अन्त्यसम्मा प्रदेशको नाम र स्थायी राजधानीको विषयलाई सवैको शिर उचोहुने हिसावले सहमति र सहकार्यका आधारमा जाति,भाषा, सस्कार र संस्कृतिको हेक्का राख्दै प्रदेश १ को नामाकरण र स्थायी राजधानीको विषयलाई अन्त्य गरिने वताए ।
नेपाल भनेपछि हिमाल, पहाड र तराई सम्पूर्णक्षेत्रलाई समेटे जस्तै प्रदेश १ ले पनि सो अखण्डतालाई आत्मसाथ गरेको कुरा स्मरण गर्दै राईले सो अखण्डतालाई अझ बलियो बनाएर लैजाने गरि प्रदेशको नामाकरण गरिने वताए । अर्को एक फरक प्रसंगमा राईले संघीयता आएपछि शिक्षा, स्वास्थ्य, खानेपानि लगायतको बिषयलाई लिएर २—४ करोडको लागि सिंहदरबार जानु पर्ने अवस्थाको अन्त्य भएको वताउदै काठमान्डौ खाल्डोमा रहेको सरकारले गाउ घर, डाडापखाको पिर मर्का नवुझिरहेको अवस्थामा सवैको भावनालाई समेट्ने गरि देश संघियताको वाटोमा हिडेको वताउदै तिन तहको सरकार गठन भई सिहदरवारको अधिकार घर–घरमा आईसकेको र त्यसलाई जनताले प्रत्यक्ष अनुभुति गर्न पाएको राईले वताए ।
किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खाले करिव एक दशक देखि पूर्वी नेपालको १७ वटा जिल्लालाई भूगोल, इतिहास, सभ्यताको सम्मानको लागि प्रदेशको नाम किरात राखिनु पर्ने माग गर्दै प्रचारात्मक अभियानहरु सञ्चालन गर्दै आएको भएता पनि राईले प्रदेशको नामाकरण र स्थायी राजधानिका वारेमा सहमतिका आधारमा सवैको भावना समेटिने गरि प्रदेशको नाम र स्थायी राजधानी लाई टङ्गोमा पु¥याउदै प्रदेशलाई पूर्णता दिने वताएका छन् ।
मुख्यमन्त्री राईले सो कुरा बताएका हुन ।
यस्तै कार्यक्रमको बिशिष्ट अतिथि रहेका यायोक्खा केन्द्रीय अध्यक्ष तिलकप्रसाद राईले १ नम्बर प्रदेशको नाम किरात नभए कडा आन्दोलनहुन सक्ने चेतावनी दिएकाम छन् । किरात पहिचान कुनै एउटा जाती नभएर भूगोल, इतिहास, सभ्यता, कला, संस्कृति भएकोले प्रदेशबासीको चाहना किरात नाम रहेको अध्यक्ष राईको भनाई रहेको छ ।
कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य सुयर्माराज राई, रतुवामाई नगरपालिकाका प्रमुख रविन राई, किरात याक्थुङ चुम्लुङ मोरङ जिल्ला अध्यक्ष विवेक लिम्बू लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
सम्मेलनको अवसरमा मुख्यमन्त्री शेरधन राई, पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, लेटङ नगरपालिकाका प्रमुख शंकर राई, रतुवामाई नगर प्रमुख रविन राई, उपप्रमुख मञ्जु राई, मिक्लाजुङ्ग गाउँपालिका उपप्रमुख सरला राईलाई सम्मान पत्रले सम्मान गरेका थिए ।
त्यसैगरी १ नम्बर प्रदेश सभा सदस्यहरु सुयर्माराज राई, कृष्णकुमारी राई, यायोक्खा मोरङका पूर्व जिल्ला अध्यक्षहरु रामकाजी राई, तिलकप्रसाद राई, बुद्धि चाम्लिङ, विवि राई लगायतलाई किराती संस्कार अनुसारको सम्मान र पेटा लगाएर सम्मान गरिएको थियो । जिल्ला अध्यक्ष नवीन राईको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष अर्जुन जम्नेली राईले स्वागत मन्तब्य राखेका थिए । सम्मेलनले आगामी तीन बर्षको लागि नयाँ नेतृत्व चयन गर्ने उपाध्यक्ष अर्जुन जम्नेली राईले बताए ।