प्रदेश १ लाई हरित अर्गानिक प्रदेश बनाउने : मुख्य मन्त्रि राई

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर २ मा स्थापना भएको उचित जैविक मल उद्योग लाई कृषि, पर्यावरण सहितको व्यवस्थापन गर्दै हरित अर्गानिक प्रदेश बनाउने अवधारणा तयार हुँदै गरेको प्रदेश नम्वर १ का मुख्य मन्त्रि शेरधन राईले बताएका छन् ।


मल उद्योगको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री राईले आगामी वर्षमा उक्त उद्योगलाई विस्तार गर्दै प्रदेश स्तरिय वनाउने बताएका छन । सोमवार उद्योगको उद्घाटन गर्दै राईले प्रदेश सरकारको तर्फ वाट आगामी वर्षमा स्थापित उद्योग सञ्चालन गर्न वजेटको व्यावस्थापन गरि प्रदेश नम्वर १ कै नमुना उद्योगका रुपमा स्थापित गराउन सहयोग गर्ने प्रतिबद्घता जाहेर गरेका छन् १ विगाहा जग्गा वार्षिक २५ हजारमा १५ वर्षे लिजमा लिएर १ वर्षअघिबाट उद्योग निर्माण थालिएको थियो । प्रतिघण्टा १ टन मल उत्पादनको क्षमता रहेको उद्योगका सञ्चालक एवम् प्राविधिक कृष्णचन्द्र महर्जनले वताए ।

उनले अवको १ वर्षमा प्रदेशमा २५ प्रतिशत रासायनिक मल र विषादी कम गर्ने तथा सहरी फोहोरलाई मलमा रुपान्तरण गर्ने कार्यक्रममा उल्लेख गरे । पहिलो वर्ष दैनिक ७ टन उत्पादन गर्दै यो वर्ष २ करोडको कारोबार गर्ने र अर्काे वर्ष दोब्बर बढाउने उद्योगको लक्ष्य रहेको छ ।

वर्तमान अवस्थामा कृषक हरुले कृषीजन्य वस्तुको उत्पादनमा विभिन्न रसायनिक विषादीहरुको प्रयोग बढि मात्रामा गर्ने गरेको र उत्पादित कृषि उपजले मानव स्वास्थ्यमा नकरात्मक असर पारेको कुरा उल्लेख गर्दै प्रदेश सरकारले अर्गानिक कृषि उत्पादनमा लगानी गर्दै उत्पादित वस्तुलाई वजारीकरणमा समेत सहयोग गर्ने राईले वताए । प्रदेश नम्वर १ देशकै उर्वर भुमि रहेको वताउदै प्रदेशलाई समृद्धि प्रदेशका रुपमा अगाडी लैजान प्रदेश सरकारले कृषिमा लगानी गरि प्रदेश १ लाई कृषिमा आत्मनिर्भर वनाउने वताएका हुन ।

२०७४ माघ ५ गते नगर प्रमुख दिलिप कुमार राईले शिल्यान्यास गरेको सो उद्योगले आजवाट औपचारिक रुपमा जैविक मल उत्पादन थालेको हो । नगरका लागि मात्र नभएर १ नम्वर प्रदेशका कृर्षकहरुलाई प्रोत्साहित गर्ने काम थालेको उद्योगमा जैविक मल, जैविक विषादी र जैविक पौष्टिक आहारा उत्पादन हुँदै आएको छ ।

सोही वडाको उत्साहि साना किसान कृषि सहकारी संस्थाको संयोजनमा कृषि क्षेत्रमा काम गर्ने मोरङ, झापा र इलामका १० संस्थाको ६३ लाख र बाँकी प्रालिको केन्द्रले गरी साढे २ करोड लगानी भएको छ । जसमा उत्साहीले सवैभन्दा बढी २१ लाख लगानी गरेको छ । कृषक समूहले १,१ लाख र कृषि सहकारी संस्थाले न्यूनतम् ५ लाख रुपैयाँका दरले त्यहाँ लगानी भएको र आगामी ५ वर्ष भित्रमा ७ वटै प्रदेशमा विस्तार गर्ने योजना रहेको सञ्चालक एवम् प्राविधिक कृष्णचन्द्र महर्जनले वताए ।

उद्घाटन कार्यक्रममा प्रदेश सभासदस्य सुयर्माराज राई, नगर प्रमुख दिलिप कुमार राई, वडा नम्वर २ का वडा अध्यक्ष तथा उद्योगका आन्तरिक लेखा संयोजक याम प्रसाद गुरागाई,स्थानिय जनप्रतिनिधि हरु,किशान आयोगकी केन्दि«य सदस्य तथा प्रदेश नम्वर १ संयोजक मिना तामाङ लगायतको उपस्थिति रहेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक ( भिडीयो सहित )

युद्धको नजिक भारत–पाकिस्तान : सीमाक्षेत्रमा १४० सैनिक विमान यसरी होमिए !

फिपराज बेघाको ‘फस्ट लभ’ सार्वजनिक

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक हुने

नगर खेलकुद विकास समितीको आयोजनामा फागुन ७ र ८ गते पथरी शनिश्चरे ८ मा पुरुस भलिबल हुदै

प्रभात सामुदायिक युवा क्लबको अध्यक्ष पदमा युवा समाजसेवी नबिन कार्की सर्बसम्मत चयन

ट्राफिक प्रहरीको सक्रियतामा बसपार्क सरसफाई कार्यक्रम

मृत अवस्थामा मोरङको पथरीशनिश्चरेको जंगलमा भेटिएको शव काठमान्डौकी सावित्रा खतिवडाको भएको पुस्टि