सरस्वती पुजाकै दिन ३३ जना विद्यार्थी भर्ना गर्दै बुद्ध मा. बि. को बिधालय भर्ना अभियान सुरु

मोरङको पथरीशनिश्चरे ८, सोमबारे स्थित बुद्ध माध्यमिक विद्यालयले पनि विद्यार्थीलाई अक्षारारम्भ गराउदै सरस्वती पुजा मनाएको छ ।

कक्षा नर्सरी देखि कक्षा युकेजी सम्म अंग्रेजी माध्यमबाट पठनपाठन शुरुवात गरेको बिधालयमा गतबर्ष भन्दा सुधारको प्रभावले शुरुदिनमा नै ३३ जना बिधार्थी भर्ना भएको विधालयका प्रधानाध्यापक बोधराज सिग्देलले जानकारी दिए ।

मन्टेश्वरी तालिम प्राप्त शिक्षिकाहरुले देवानागारिक लिपिको ‘क’ र अंग्रेजीको ‘A’ शव्द वाइट बोर्डमा लेखाउदै नयाँ बिधार्थिहरुलाई अक्षराम्भ गराएका छन्।

आज सरस्वती पुजाको अबसर पारेर बिधालयमा भर्ना भएका बिधार्थिहरुको भर्ना शुल्क निशुल्क गरिएको छ भने एक/एक वटा स्कुल ब्याग र टिफिन बक्स समेत निशुल्क उपलब्ध गराइएको बिधालयका प्रधानाध्यापक बोधराज सिग्देलले बताए ।

चालु शैक्षिक सत्रदेखि नर्सरी, एलकेजी र युकेजी सम्म मात्र शुरुवात गरिएको अंग्रेजी माध्यम आगामी शैक्षिक सत्रदेखी भने कक्षा २ सम्म संचालन हुनेछ ।

चालु शैक्षिक सत्रदेखि ‘प्ले ग्रुप’ मा ३३ जना, नर्सरीमा ४२ जना, एलकेजीमा १८ जना र यूकेजीमा १२ जना गरी कुल १०५ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालयले गत सालदेखि बाल शिक्षाका लागि ३ जना शिक्षक नियुक्ति गरेको छ । बाल शिक्षाका लागि शिक्षकहरुलाई मन्टेश्वरी तामिल दिइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक ( भिडीयो सहित )

युद्धको नजिक भारत–पाकिस्तान : सीमाक्षेत्रमा १४० सैनिक विमान यसरी होमिए !

फिपराज बेघाको ‘फस्ट लभ’ सार्वजनिक

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक हुने

नगर खेलकुद विकास समितीको आयोजनामा फागुन ७ र ८ गते पथरी शनिश्चरे ८ मा पुरुस भलिबल हुदै

प्रभात सामुदायिक युवा क्लबको अध्यक्ष पदमा युवा समाजसेवी नबिन कार्की सर्बसम्मत चयन

ट्राफिक प्रहरीको सक्रियतामा बसपार्क सरसफाई कार्यक्रम

मृत अवस्थामा मोरङको पथरीशनिश्चरेको जंगलमा भेटिएको शव काठमान्डौकी सावित्रा खतिवडाको भएको पुस्टि