ग्रामिण सामुदायिक बन उपभोक्ता समुहको १८ औं बार्षिक साधारण सभा सम्पन्न

मातृका पौडेल माघ २५ /  मोरङको कानेपोखरी गाउँपालिकामा रहेको ग्रामिण सामुदायिक बन उपभोक्ता समुहको १८ औं बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

ग्रामिण सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष नबिन राईको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रमुख अतिथि कानेपोखरी गाउँपालिका उपाध्यक्ष राजकुमारी लिम्बु ,विसिष्ट अथितिमा सामुदायिक बन उपभोक्ता माहासंघ प्रेदेस नम्बर १ का सचिब अग्नि पौडेल रहनु भएको थियो ।


कार्यक्रम लाई सम्वोधन गर्दै विसिष्ट अथिति पौडेलले सामुदायिक वनले वन संरक्षणको पाटोमा उदाहरणीय र नमुना कार्य गरेको बताउनु भएको थियो । कार्यक्रममा अध्यक्ष नबिन राईले आय व्य. ०७४/७५ कार्य प्रगति प्रतिबेदन पेस गर्नु भएको थियो भने कोषाध्यक्ष होमनाथ दाहालले आर्थिक प्रतिवेदन पेस गर्नु भएको थियो । यसै कार्यक्रममा बिभिन्न शिर्षकमा रहेका विपन्नमुखी कार्यक्रम अन्तर्गत ४५ जनालाई सोलार वितरण ,१८ जनालाई खाधान्न तथा न्यानो कपडा वितरण ,८ जना निजि बन बनाउनेलाई सम्मान, एउटा विद्यालयलाई सम्मान र १० जना उपभोक्ताका छोरा छोरीलाई सवारी चालक तालिमको प्रमाण पत्र वितरण गरिएको थियो ।

विसं २०५८ सालमा स्थापना भएको ग्रामिण सामुदायिक बन ८४८ .५४ हेक्टर क्षेत्रफलमा फैलीएको छ । यस समुहमा हाल ४ हजार ७ सय १४ घरधुरी आवद्ध रहेका छन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक ( भिडीयो सहित )

युद्धको नजिक भारत–पाकिस्तान : सीमाक्षेत्रमा १४० सैनिक विमान यसरी होमिए !

फिपराज बेघाको ‘फस्ट लभ’ सार्वजनिक

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक हुने

नगर खेलकुद विकास समितीको आयोजनामा फागुन ७ र ८ गते पथरी शनिश्चरे ८ मा पुरुस भलिबल हुदै

प्रभात सामुदायिक युवा क्लबको अध्यक्ष पदमा युवा समाजसेवी नबिन कार्की सर्बसम्मत चयन

ट्राफिक प्रहरीको सक्रियतामा बसपार्क सरसफाई कार्यक्रम

मृत अवस्थामा मोरङको पथरीशनिश्चरेको जंगलमा भेटिएको शव काठमान्डौकी सावित्रा खतिवडाको भएको पुस्टि