पथरीशनिश्चरेमा नगरमा हुने भयो सुन्दरी प्रतियोगिता

मोरङ्गको पथरीशनिश्चरेमा नगर सुन्दरी प्रतियोगिता हुने भएको छ। मिस पथरीशनिश्चरे २०१९ सिजन १ उपाधी नाम दिइएको प्रतियोगिता माउन्ट एभरेष्ट इन्टरटेनमेन्टको व्यानर र सिल्भर इन्टरटेन्मेन्ट को प्राविधिक सहयोगमा हुने बताइएको छ।

नगर भित्रका सुन्दरीहरु बिच हुने प्रतियोगितामा प्रथम, द्वितीय , तृतीयका साथै फोटोजेनिक फेस, उत्कृष्ट व्यक्तित्व , मिस क्याटवक, बेस्ट फिगर,मिस ट्यालेन्ट, पब्लिक चोइज , बेस्ट हेयर स्टायल र बेस्ट स्माइल सहितको बिधामा सहभागी पुरस्कृत हुनेछन।

नगरमा पहिलो पटक हुन लागेको प्रतियोगितामा बिजेतालाई मिस पथरीशनिश्चरेको ताज सहित नगद ७५ हजार रुपैँया , एउटा म्युजिक भिडियोको कन्ट्रयाक्ट र अन्य विभिन्न उपहार रहने आयोजकले बताएका छन। त्यसैगरी द्वितीय र तृतीयलाई क्रमशः नगद ५० हजार र २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो।

अन्य छिमेकी नगरपालिकाहरुले यश प्रकारको प्रतिस्पर्धाको आयोजना गरिसकेको अवस्थामा पथरिमा यो प्रतियोगीता अपरिहार्य रहेको प्रतियोगिता संयोजक सन्तोष राईले बताए। पथरीशनिश्चरे नगरबाट राष्ट्रियस्तरको कुनै पनि ब्युटी पिजेन्टमा प्रतिनिधित्व नभइ रहेको अवस्थामा यो प्रतियोगीताले त्यो खडेरीलाई चिर्न सक्ने आयोजक मध्येका सुमन कुरुङ्बाङ्गको बुझाई छ।

फरक बिचारका साथ प्रतियोगिता आयोजना गर्न लागिएकोले सबैको साथ प्राप्त हुनेमा आफू आशावादी रहेको आयोजक समुहका टिकेन्द्र लिवाङ्गले बताए।

सो प्रतियोगिताबाट नगरको सुन्दरी छनौट गरिरहदा शारीरिक सौन्दर्य , आचरण , व्यक्तित्व लगायत सम्पुर्ण बिधालाई प्रमुख प्राथमिकता दिइने आयोजकले बताएको छ। करिव १४ लाख रुपैयाँको खर्चमा सम्पन्न गर्ने योजना रहेको प्रतियोगितामा नगरमा स्थायी बसोवास गर्दै आएका १६ बर्ष देखि २५ बर्षसम्मका कम्तिमा एस इ इ उतिर्ण युवतीहरुले सहभागिता जनाउन सक्नेछन। प्रतियोगितामा अडिसन पश्चात् फाइनल अघि २५ दिने बन्द प्रशिक्षण गराइने प्रतियोगिता संयोजक राईले बताएका छन।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक ( भिडीयो सहित )

युद्धको नजिक भारत–पाकिस्तान : सीमाक्षेत्रमा १४० सैनिक विमान यसरी होमिए !

फिपराज बेघाको ‘फस्ट लभ’ सार्वजनिक

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक हुने

नगर खेलकुद विकास समितीको आयोजनामा फागुन ७ र ८ गते पथरी शनिश्चरे ८ मा पुरुस भलिबल हुदै

प्रभात सामुदायिक युवा क्लबको अध्यक्ष पदमा युवा समाजसेवी नबिन कार्की सर्बसम्मत चयन

ट्राफिक प्रहरीको सक्रियतामा बसपार्क सरसफाई कार्यक्रम

मृत अवस्थामा मोरङको पथरीशनिश्चरेको जंगलमा भेटिएको शव काठमान्डौकी सावित्रा खतिवडाको भएको पुस्टि