आज बाट तिनदिन सम्म देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने

मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार)देखि तीन दिनसम्म काठमाडौंसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेको छ ।

आज देशका पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुने र राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र पश्चिमी तथा मध्य उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना भएकाे महाशाखाले औंल्याइएको छ ।

उच्च हिमाली क्षेत्रमा भारी हिमपात र केही पहाडी भू–भागमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले भने, ‘उपत्यकामा आज बिहानैदेखि पानी पर्छ र दिउँसो पनि बादल लागिरहनेछ। यो क्रम शुक्रबारसम्म चल्नेछ।’

आज सामान्यदेखि पूर्ण बदली भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र पश्चिमी साथै मध्य भूभागको एक–दुई स्थानमा भारी वर्षा हुने सक्ने बताइएको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

उच्च पहाडी भागमा भारी हिमपात हुने र पहिरो पनि जाने खतरा रहेको भन्दै मौसमविदले केही दिन ‘ट्रेकिङ’ नजान सुझाव दिएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक ( भिडीयो सहित )

युद्धको नजिक भारत–पाकिस्तान : सीमाक्षेत्रमा १४० सैनिक विमान यसरी होमिए !

फिपराज बेघाको ‘फस्ट लभ’ सार्वजनिक

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक हुने

नगर खेलकुद विकास समितीको आयोजनामा फागुन ७ र ८ गते पथरी शनिश्चरे ८ मा पुरुस भलिबल हुदै

प्रभात सामुदायिक युवा क्लबको अध्यक्ष पदमा युवा समाजसेवी नबिन कार्की सर्बसम्मत चयन

ट्राफिक प्रहरीको सक्रियतामा बसपार्क सरसफाई कार्यक्रम

मृत अवस्थामा मोरङको पथरीशनिश्चरेको जंगलमा भेटिएको शव काठमान्डौकी सावित्रा खतिवडाको भएको पुस्टि