पथरीशनिश्चरेमा माघ २५ बाट नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने

नगर खेलकुद विकास समितीको आयोजनामा मोरङ्गको पथरीशनिश्चरेमा माघ २५ बाट नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

प्रतियोगीतामा नगरका १० वडाको सहभागीता रहने भएको हो । पथरीको पञ्चायत मावीको खेल मैदानमा हुने प्रतियोगीताको तयारी पुरा भएको आयोजकले जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगीताका बारेमा जानकारी दिएको हो । प्रतियोगीतामा प्रथम हुने वाडले नगद ३०हजार, ट्रफि जित्ने छ भने उपविजेताले १५ हजार नगद र ट्रफि जित्ने नगर खेलकुद विकासका अध्यक्ष मणी लुम्फुवा लिम्बुले जानकारी दिए । प्रतियोगीताका उत्कृष्ट वलर,उत्कृष्ट व्याष्टमेन, उत्कृष्ट फिल्डर, उदयमान खेलाडी र म्यान अफ दि सिरीज समेत पुरस्कृत हुने भएका छ । उनीहरुलाई नगद र ट्रफि पुरस्कार प्रदान गरिने लिम्बुले जानकारी दिए ।

प्रतियोगीताका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगीताको पहिलो खेल वडा नम्वर ४ र ३ विच हुने छ । प्रत्येक दिन दुइ खेल खेलाइने प्रतियोगीता टि ट्वान्टी फर्मेटमा खेलाइने आयोजकले जनाएको छ । प्रत्येक वडामा एक खेल अभियान अन्तरगत वडा नम्वर १ ले यो खेलको संयोजन गरेको हो । वडा नम्बर १ का रत्न युथ क्लव,पथरीशनिश्चरे क्रिकेट क्लव र एभरेष्ट क्रिकेट क्लवले प्रतियोगीतालाई सह संयोजन गर्ने भएका हुन । नगर वाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर वर्ष भरी विभिन्न खेल प्रतियोगीता गर्ने योजना साथ क्रिकेट प्रतियोगीताको आयोजना गरिएको आयोजकका सदस्य नबिनजंग कार्कीले जानकारी दिए । प्रतियोगीता सम्पन्न गर्न करिव १ लाख ४५ हजार वजेट तय गरिएको आयोजकले जनाएको छ ।

बाउण्ड्री बाहिरका दर्शक पनि पुरस्कृत हुने प्रतियोगीतालाई थप रौनक वनाउन र क्रिकेट खेलको चासो वडाउन उपस्थीत दर्शकलाई समेत पुरस्कृत गर्ने आयोजकले जनाएको छ । बाउण्ड्री बाहिर आउने बललाई एक हातले क्याच गर्नेलाई ५ सय र दुवै हातले क्याच गर्नेलाई ३ सय नगद पुरस्कार प्रदान गरिने लिम्बुले जानकारी दिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक ( भिडीयो सहित )

युद्धको नजिक भारत–पाकिस्तान : सीमाक्षेत्रमा १४० सैनिक विमान यसरी होमिए !

फिपराज बेघाको ‘फस्ट लभ’ सार्वजनिक

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक हुने

नगर खेलकुद विकास समितीको आयोजनामा फागुन ७ र ८ गते पथरी शनिश्चरे ८ मा पुरुस भलिबल हुदै

प्रभात सामुदायिक युवा क्लबको अध्यक्ष पदमा युवा समाजसेवी नबिन कार्की सर्बसम्मत चयन

ट्राफिक प्रहरीको सक्रियतामा बसपार्क सरसफाई कार्यक्रम

मृत अवस्थामा मोरङको पथरीशनिश्चरेको जंगलमा भेटिएको शव काठमान्डौकी सावित्रा खतिवडाको भएको पुस्टि