फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै ‘पुरानो बुलेट’को अफिसियल प्रचार सुरु

लामो समयको पत्रकारितापछि ‘एक्सन कट’मा होमिएका भिषण राईको डेब्यू निर्देशनमा तयार भएको फिल्म ’पुरानो बुलेट’ को पहिलो मुहार सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टरमा फिल्मका मुख्य तीन पात्र अनुप विक्रम शाही, बर्षा सिवाकोटी र माला लिम्बु तथा एउटा पोस्टरमा अनुप मात्रै प्रस्तुत छन् ।

फिल्म पुरानो बुलेट चैत १ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो भन्दा पहिले फिल्मको फेब्रुअरी २३ तारिखमा हङकङमा वर्ल्ड प्रिमियर हुँदैछ । वल्र्ड प्रिमियरलाई मध्यनजर गर्दै पोस्टर सार्वजनिक गरेको निर्माण टिमले यो लगत्तै प्रोमो रिलिज गर्ने तयारी गरिरहेको छ ।

फिल्ममा अनुप, बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत लिड अभिनयमा छन् । बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता, मात्रिका पौडेल ,लक्क्षना राई  लगायतको अभिनय पनि ‘पुरानो बुलेट’ मा समावेश छ ।

फिल्मको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन् । सन्तोष यो फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म ‘पुरानो बुलेट’मा अशोक कुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक ( भिडीयो सहित )

युद्धको नजिक भारत–पाकिस्तान : सीमाक्षेत्रमा १४० सैनिक विमान यसरी होमिए !

फिपराज बेघाको ‘फस्ट लभ’ सार्वजनिक

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक हुने

नगर खेलकुद विकास समितीको आयोजनामा फागुन ७ र ८ गते पथरी शनिश्चरे ८ मा पुरुस भलिबल हुदै

प्रभात सामुदायिक युवा क्लबको अध्यक्ष पदमा युवा समाजसेवी नबिन कार्की सर्बसम्मत चयन

ट्राफिक प्रहरीको सक्रियतामा बसपार्क सरसफाई कार्यक्रम

मृत अवस्थामा मोरङको पथरीशनिश्चरेको जंगलमा भेटिएको शव काठमान्डौकी सावित्रा खतिवडाको भएको पुस्टि