स्वर्ण महोत्सव अन्तरगत जनसेवा माविको खेलकुद कार्यक्रम सम्पन्न, विजेता खेलाडीलाई पुरस्कृत

मोरङको कानेपोखरी–६, मा रहेको जनसेवा माविले स्वर्ण महोत्सव अन्तरगत साप्ताहिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सांस्कृतीक कार्यक्रमको आयोजना गर्दै विभिन्न खेलमा प्रथम,द्धितीय र तृतीय हुनेलाई पुरस्कृत गरि समापन गरेको हो ।

माघ १० गते देखि सुरु भएको खेलकुद कार्यक्रम १८ गते फाइनल भएको थियो । कार्यक्रमको प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले खेलाडीहरुलाई प्रमाण पत्र, मेडल र ट्रफि वितरण गरेका थिए । गाउँपालिका अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगितामा आर्दश अंग्रेजी स्कुल आइतबारे र द्धितीय श्रीमावि विद्यालय होक्लाबारी भएका थिए । त्यसैगरी वडास्तरीय भलिवल प्रतियोगिता प्रथम कानेपोखरी १ नम्बर वडा र द्धितीय वडा नं. ७ ले भएका छन् ।

त्यसैगरी रमाइलो – बयरवन ६ किलोमिटर खुल्ला मिनि म्याराथनमा प्रथम मेघराज राई झापा प्रथम,याङदिप राई मिक्लाजुङ मोरङ,पुजन राई कमल गाउँपालिका झापा,सान्तवाना रक्षा धिमाल कानेपोखरी गाउँपालिका भएका छन् । हाजिरिजवाफ प्रतियोगितामा प्रथम बालमावि,द्धितीय जनसेवा मावि,तृतीय जनकल्याण मावि भएका छन् । विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा प्रथम बुद्धिराज तामाङ,द्धितीय मनबहादुर गुरुङ र तृतीय रोहन तामाङ भएका छन् । त्यसैगरी विद्यालय स्तरीय रुमरण शक्ति परीक्षण,चकलेट रेस,विभिन्न कक्षाका १सय मिटर दौड,२यस मिटर दौड लगाएत खेल भएको थियो ।

५० बर्ष पुरा गरेको अवसरमा जनसेवा माध्यामिक विद्यालयले माघ,फागुन र चैत भरी स्वर्ण महोत्वस मनाउँदैछ । यस अन्तरगत माग २५ गते विद्यालयमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएको छ ।

त्यसैगरी २० देखि २३ गते सम्म विद्यालय सरसफाई र सजावट मञ्च व्यवस्थापन, २४ गते पूर्व विद्यार्थीहरुको पूर्नमिलन कार्यक्रम र २५ गते राष्ट्रपतिको कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

२५गते विद्यालयले ३ सय भन्दा बढी व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गर्दैछ । संस्थापक संचालक समिति,संस्थापक विद्यार्थी,पूर्व सल्लाहकार,व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ कार्यकारी समिति,पूर्व प्रधानाध्यापक,शिक्षक र कर्मचारीहरु,स्थापनकालका रु १ हजार भन्दा बढी चन्दा दिने दाताहरु,अभ्यक्षकोष संस्थापकहरु,विशिष्ट पूर्व विद्यार्थीहरु,खेलकुद,कला, संगित,चिकित्सा,इन्जिनियरीङ,स्थापना कालमा चन्दा संकलन गर्न सहयोग गर्ने महानुभावहरु,स्वर्ण महोत्सवमा विद्यालयलाई नगद वा जिन्सी सहयोग गर्ने लगाएतलाई सम्मान तथा पुरस्कृत गरिने भएको छ । स्वर्ण महोत्सवको लागी १५ लाख खर्च लाग्ने स्वर्ण महोत्सव आयोजकले बताएका छन् ।

त्यसैगरी विद्यालयले विद्यालयको दक्षिणतर्पm कम्पाउण्डवाल,करिव ५सय जना अट्ने सभाहल (प्रोजेक्टर र साउण्ड सिस्टम सहित), सबै कक्षा कोठाहरूमा विधुत वायरिङ र पङ्खा जडान, पढाईमा अति कमजोर विद्यार्थीहरूको लागि अतिरिक्त समयमा अतिरिक्त कक्षाको व्यवस्था, कक्षा १–३ मा पर्याप्त मात्रामा खेल शैक्षिक सामग्री, खेलकुदका सामग्री तथा अत्याधुनिक विधुतीय श्रव्य दृष्य शैक्षिक उपकरणहरू जडान गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका अर्यालले बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक ( भिडीयो सहित )

युद्धको नजिक भारत–पाकिस्तान : सीमाक्षेत्रमा १४० सैनिक विमान यसरी होमिए !

फिपराज बेघाको ‘फस्ट लभ’ सार्वजनिक

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक हुने

नगर खेलकुद विकास समितीको आयोजनामा फागुन ७ र ८ गते पथरी शनिश्चरे ८ मा पुरुस भलिबल हुदै

प्रभात सामुदायिक युवा क्लबको अध्यक्ष पदमा युवा समाजसेवी नबिन कार्की सर्बसम्मत चयन

ट्राफिक प्रहरीको सक्रियतामा बसपार्क सरसफाई कार्यक्रम

मृत अवस्थामा मोरङको पथरीशनिश्चरेको जंगलमा भेटिएको शव काठमान्डौकी सावित्रा खतिवडाको भएको पुस्टि