काँग्रेसले कार्यकर्तालाई दियो खतरा निर्देशनः सरकारी गाडी शनिबार चलाए जलाइदिनू

काँग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले शनिबार पोखरा महानगरपालिकाको गाडी जलाएको छ ।

सरकारविरुद्ध आन्दोलनरत नेविसंघले पोखरा–७ मासबारमा बा१झ ५८७९ नम्बरको गाडी जलाएको हो । शनिबार सार्वजनिक बिदाका दिन चलाएकाले सरकारी गाडी जलाइएको नेविसंघले जनाएको छ । संघका पूर्वकेन्द्रीय सदस्य सरोज केसीले बिदाका दिन सरकारी गाडी चलाए जलाउने केन्द्रीय नीति भएको बताए ।

महानगर प्रशासनले पोखरा महानगरपालिकाका शिक्षा विभाग प्रमुख हेमप्रसाद आचार्यलाई लिन गएको गाडीमा आगजनी गरिएको बताएको छ । तत्कालै गएको दमकलले आगो निभाएको भए पनि गाडी जलेर पूर्णरुपमा नष्ट भएको छ । काँग्रेसले दुई तिहाइको कम्युनिष्ट सरकार अधिनायकवादी शैलीमा अघि बढेको आरोप लगाउँदै देशव्यापी आन्दोलन घोषणा गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक ( भिडीयो सहित )

युद्धको नजिक भारत–पाकिस्तान : सीमाक्षेत्रमा १४० सैनिक विमान यसरी होमिए !

फिपराज बेघाको ‘फस्ट लभ’ सार्वजनिक

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक हुने

नगर खेलकुद विकास समितीको आयोजनामा फागुन ७ र ८ गते पथरी शनिश्चरे ८ मा पुरुस भलिबल हुदै

प्रभात सामुदायिक युवा क्लबको अध्यक्ष पदमा युवा समाजसेवी नबिन कार्की सर्बसम्मत चयन

ट्राफिक प्रहरीको सक्रियतामा बसपार्क सरसफाई कार्यक्रम

मृत अवस्थामा मोरङको पथरीशनिश्चरेको जंगलमा भेटिएको शव काठमान्डौकी सावित्रा खतिवडाको भएको पुस्टि